श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर १३ गते बिहीबार, २९ नोभेम्बर २०१८ । मार्गशिर्ष कृष्णपक्षको सप्तमी तिथि २१ः५६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र अश्लेषा १०ः२९ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः३७ र सूर्यास्त ५ः०६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला । शुभ समाचार सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा खासै मन नजान पारिवारिक समस्याले मन खिन्न रहला । अनावश्यक काममा फसिन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातु तथा तत्जन्य कार्य व्यवसायमा विशेष लाभ मिल्ला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय मध्यमखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरुको भरमा कुनैपनि काम नछाड्नु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का पट्टा तथा जग्गा जमिनको कार्य व्यवसायमा रुची बढ्नेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यको चर्चा चल्नेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । गरिराखेको कार्य व्यवसायबाट हात धुनु पर्ला । अनावश्यक कामको झन्झटमा फसिएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । अध्ययन अध्यापनमा सफलता मिल्ला । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलो वातावरणमा दिन वित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । नया“ तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला । लाभदायी यात्रामा शरिक भइएला ।