काठमाडौँ ।  एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आजबिहान काठमाडौँ आइपुगेकी छिन् । 

नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो । आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।