धरान । अफगानिस्तानको काबुलमा विद्रोही समूह तालिबानको आक्रमणमा परी ९ जना नेपाली घाइते बनेका छन् ।

त्यसमध्ये ३ जनालाई गोली लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ३ जना सामान्य घाइते छन् भने ६ जनाको अवस्था गम्भीर रहेको अफगानिस्तान प्रहरी स्रोतलाई उल्लेख गर्दै नेपाली मिडियाहरूले उल्लेख गरेका छन् ।

सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार शक्तिसाली आत्मघाती कार हमला गरिएको थियो । जसमा १० जनाको मृत्यु भएको थियो भने २९ जना घाइते भएका थिए ।

जसमध्ये ९ जना नेपाली रहेको जनाइएको छ । गोली लागेका तीन नेपालीमध्ये एकजनाको पेटमा अर्काको देब्रे तीघ्रामा गोली लागेको छ । थप एकको कम्मर र घुडामा गोली लागेको छ । उनीहरूमध्ये ६ जनाको बागराम अस्पतालमा उपचार भइरहेको छ भने ३ जनाको नर्थ केएआइए अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

स्राेतः https://www.pajhwok.com/en/2018/11/29/10-killed-29-wounded-car-bombing-g4s-camp