अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल

alt
  • मंसिर १४, २०७५
  • ९० पटक पढिएको
  • रासस/एएफपी

 मेक्सिको । दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् । 

“हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौं । र हामी भोक हड्ताल गर्दैछौं,” होन्डुरसकी क्लाउडिया मिरान्डाले बताइन । तिजुआनमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी अधिकारीहरुले आप्रवासीको रुपमा अमेरिका प्रवेश गर्न र आवेदन समेत लिन अस्वीकार गरेकामा आक्रोश व्यक्त गरिन । 

उत्तरी मेक्सिको शहर तिजुआनामा हाल ६ हजारभन्दा बढी मध्यअमेरिकीहरु अमेरिका प्रवेशको पर्खाईमा शिविरमा बसिरहेका छन् । खासगरी होन्डुरसका यी मानिसहरु आफ्नो देशमा व्याप्त गरिबी र हिंसाबाट आक्रान्त भएर देश छाड्न बाध्य भएको बताउँछन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवास नीतिमै परिवर्तन गर्ने सोचाईमा हुनुहुन्छ । उहाँले मध्यअमेरिकी आप्रवासीहरु आपराधिक पृष्ठभूमिका रहेकाले स्वीकार नगर्ने बताउनुभएको छ । 

सीमाक्षेत्रमा हाल हजारौं सैनिक परिचालन गरिएको छ । भोक हड्तालमा उत्रने घोषणा गरेका महिलाहरुले मेक्सिकोमा बस्न चाहने आप्रवासीलाई मानवीय आधारमा भिसा दिन पनि मेक्सिकाली अधिकारीहरुसँग आग्रह गरेका छन् । उनीहरुले आफ्नो भोक हड्ताल कति दिन गर्ने भन्ने बारेमा अझै निर्णय गरेका छैनन् । 

अमेरिकाको दक्षिणी सीमासम्म आइपुग्न करिब चार हजार किलोमिटर यात्रा गरेका होन्डुरसका करिब ५०० आप्रवासीले आइतबार अमेरिकी सीमाभित्र प्रवेश गर्ने प्रयत्न गरेका थिए । तर उनीहरुलाई अमेरिकी सीमा सुरक्षा फौजले फिर्ता पठाएको थियो । सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो । 

करणी गरेको आरोपमा यु ...

तेह्रथुम /  आठराई गाउँपालिका ४ ईवाबाट प्रहरीले जवर ...

‘सा रे गा मा पा..... ...

धरान / नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभी ...

दुवईअवार्डकाे दावेदा ...

धरान /  धरान १५ स्थित केके इन्टरनेसनल स्कुलले आप्m ...

तेस्रो देशमा भाषा जो ...

पथरीशनिश्चरे / तेस्रो मुलुक पुनर्वास भएका भूटानी स ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved