बलात्कारी बाबुलाई २३ वर्ष कैद सजाय

alt
  • मंसिर १४, २०७५
  • २२४ पटक पढिएको
  • रासस

चौतारा । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । 

दुई वर्षअघि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादक पदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबर्जस्ती करणी गरेका थिए । पटक पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे ‘ङ’ ले जाहेरी गरेकी थिइन् । जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’ विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबर्जस्ती करणीका तीन छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो । 
श्रेस्तेदार पौडेलका अनुसार साउनदेखि यता सम्बन्धविच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वृद्धि भएको छ ।

दयाहाङ र लक्ष्मीकाे

गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ' परानै दिन्छु ' द

दुई परिवारका ९ जनाको

फिदिम/ पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा

प्रजातन्त्र र प्रेस

नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो

हिन्दु राष्ट्र बनाउन

इटहरी/ नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै इटहर


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved