श्रृंखला खतिवडाका लागि मिस वर्ल्ड २०१८ को यात्रा यी कारणले टुङ्गिन सक्छ !

alt
  • मंसिर १५, २०७५
  • ४६४ पटक पढिएको
  • ब्लाष्ट खबर

एजेन्सी /  मिस वर्ल्ड २०१८ मा मिस नेपाल श्रृँखला खतिवडाले प्रतिस्पर्धा जित्ने सम्भावना बढेको छ । श्रृंखला नेपालको प्रतिनिधित्व गर्दै मिसवर्ल्डमा सहभागी भएकी हुन् ।  प्रतिस्पर्धाकी बलियाे दाबेदार रहेकी खतिवडाले हेड टु हेड  च्यालेन्चकाे एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्।

चीनको सान्या शहरमा जारी मिस वर्ल्ड २०१८ को विभिन्न चरणको प्रतिस्पर्धामा नेपाली चेली श्रृँखला खतिवडा अग्रपंतिमा पुगेकी हुन् ।  मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।

मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डको यात्रा तय गर्न सफल २० समूहध्ये १३ औं समूहको विजेता बन्दै उनले यो यात्रा तय गरेकी हुन् ।

हेड टु हेड च्यालेञ्जका लागि ११८ प्रतियोगीलाई २० वटा समूह बनाई प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये प्रत्येक समूहबाट एक प्रतिस्पर्धीले समूह विजेता बन्दै अर्को चरणको यात्रा तय गर्ने प्रावधान अनुुसार यी २० प्रतियोगीहरु छानिएका हुन् ।

नेपाल २० मध्ये १३ औं समूहमा परेको थियो जसमा नेपालबाहेक अर्जेण्टिना, बोस्निया एण्ड हर्जगोभिना, ग्वाम, लक्जेम्बर्ग र मल्दोभाका सुन्दरीहरु थिए । बाँकी ५ प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल समूह विजेताका रुपमा हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डका लागि छानिएको छ।

यो जितसँगै ११८ प्रतियोगीबाट मिस वर्ल्ड२०१८ को उपाधिका लागि सेमी फाइनलमा पुग्ने ३० जनामा पर्नका लागि नेपालको सम्भावना जिवितै रहेको छ ।

सामाजिक सञ्जालमा प्रचार प्रसार भएजस्तो भोटका आधारमा मिस वर्ल्डको उपाधि जितिने होइन, बरु उपाधिका लागि अघिल्ला चरणमा पुग्न सहयोग मात्र हुने हो ।

११८ प्रतियोगीमध्ये जम्मा ३० जना सेमी फाइनलमा पुग्छन् र बाँकी सबै फालिन्छन् । तीनै ३० जनाबीच उपाधिका लागि मिस वर्ल्ड २०१८ घोषणा हुने दिन भिडन्त हुनेछ र एक जनाले मिस वल्र्ड २०१८ ताज पहिरिनेछिन् ।

सेमी फाइनलको ३० जनामध्ये प्रतियोगिताका निर्णायकहरुले १५ जना छान्दछन् भने बाँकी १५ जना हेड टु हेड च्यालेञ्जजस्तै अन्य विभिन्न प्रतियोगिताका माध्यमबाट छानिन्छन् ।

ती प्रतियोगिताहरुमा ब्यूटी विद पर्पस, ट्यालेण्ट, स्पोर्टस् तथा मल्टिमिडिया पर्दछन् ।

ती मध्ये हेड टु हेड च्यालेञ्जबाट १० जना सेमी फाइनलका लागि छानिन्छन् । यस हिसाबले अहिले छानिएका २० मध्ये १० जनाले कम्तीमा एक जना प्रतियोगीलाई हराएपछि सेमी फाइनलको यात्रा तय गर्न सक्छन् ।

हेड टु हेडमा फालिए पनि अर्को सम्भावना बाँकी रहन्छ किनकि बाँकी ५ जना भने अन्य ५ प्रतियोगिताका विजेताहरुलाई लिइने हो । ५ प्रतिस्पर्धामध्ये टप मोडल र स्पोर्टस सम्पन्न भइसकेको छ । टप मोडल जापानले र स्पोर्टस् अमेरिकाले जितेको छ ।

नेपालले हेड टु हेडमा २० मध्ये १० जनामा पर्न सफल भएमा सेमी फाइनल पुग्ने पक्का छ । हेड टु हेड च्यालेञ्जको दोस्रो राउण्डमा प्रतिस्पर्धीहरुले विभिन्न प्रस्तुति दिनुपर्ने हुन्छ ।

यदि हेड टु हेड च्यालेञ्जको उत्कृष्ट १० मा नपरे बाँकी रहेका ३ प्रतिस्पर्धा मल्टिमिडिया, ब्यूटी विद पर्पस वा ट्यालेण्ट मध्ये कुनै एक उपाधि जिते पनि सेमी फाइनलको यात्रा पक्का हुनेछ ।

यी दुवै तरीकाबाट छानिन नसकेको खण्डमा भने नेपाल तथा श्रृंखला खतिवडाका लागि मिस वर्ल्ड २०१८ को यात्रा यहीँ टुंगिनेछ ।

 शृंखला पेसाले इन्जिनियर हुन्। समीक्षकहरूले यसपटकको मिस वल्डको प्रतिस्पर्धामा शृंखला अगाडि रहेको उल्लेख गरेका छन्। उनीसम्म  एसियाबाट सबैभन्दा प्रभावशाली प्रतियाेगी साबित भइसकेकी छन्।

डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्ड - २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ।

 

करणी गरेको आरोपमा यु ...

तेह्रथुम /  आठराई गाउँपालिका ४ ईवाबाट प्रहरीले जवर ...

‘सा रे गा मा पा..... ...

धरान / नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभी ...

दुवईअवार्डकाे दावेदा ...

धरान /  धरान १५ स्थित केके इन्टरनेसनल स्कुलले आप्m ...

तेस्रो देशमा भाषा जो ...

पथरीशनिश्चरे / तेस्रो मुलुक पुनर्वास भएका भूटानी स ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved