विजयपुर/ दोस्रो मेयर कप स्कुल ओलिम्पिक अन्तर्गत क्रिकेटतर्फ पुलिस स्कुल, आइडियल, विष्णु मेमोरियल र केके इन्टरनेशनल स्कुल सेमिफाइलन प्रवेश गरेका छन् ।

शुक्रबारको खेलमा पुलिसले इम्मानुयललाई ७ विकेटले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । १० ओभरको खेलमा पहिलो ब्याटिङ गरेको इम्मानुयलले ४६ रन बनाउँदै अलआउट भएको थियो । इम्मानुयलका लागि अस्पन खड्काले सर्वाधिक १३ रन जोडेको थिए ।

पुलिसका विशाल सिंहले सर्वाधिक ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ६ ओभरको समाप्तिमा निर्धारित लक्ष्य पूरा गरेका थिए । पुलिसका लागि विशाल सिंहले सर्वाधिक १५ रन जोडेका थिए । त्यस्तै केके इन्टरनेशनलले ५ विकेटको क्षतिमा ७८ रन बनाउँदै युरेका आवसीय माविलाई हराएको छ ।

जितसंगै शनिवार पहिलो सेमी फाइनल खेल पुलिस र आइडियल र दोस्रो विष्णु र केके इन्टरनेशनल स्कुलबीच हुने छ । क्रिकेटको फाइनल खेल भने आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक नं. १ मैदानमा हुने भएको छ ।