धनकुटा । मदनभण्डारी स्पोर्ट्स् एकेडेमीको आयोजनामा धनकुटामा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि झापा भलिबल सङ्घले चुमेको छ ।
बिहीबार भएको फाइनल खेलको पहिलो सेट ओखलढुङ्गाले २५–२३ ले जित हात पारेको थियो । तर झापाले पछिल्ला तीन सेटमा लगातारजित हात पार्यो । पछिल्ला सेटमा झापाले ओखलढुङ्गालाई १४–२५, २०–२५ र २०–२५ ले पराजित ग¥यो । यसैगरी तेस्रो स्थान सुनसरीले प्राप्त गरेको छ । पहिलो खेल भोजपुरले २७–२५ स्कोरमा जितेको थियो । यस्तै दोस्रो खेल सुनसरीले २९–२७ र तेस्रो खेल पुनः २५–२२ अङ्कसँगै भोजपुरले अग्रता लियो । पछिल्ला सबै खेलमा सुनसरीले २५–१९ र १५–१३ अङ्कमा जित हात पार्दै तेस्रो हुन सफल भयो ।

उपाधि चुमेसँगै झापाले १ लाख, ५१ हजार, नगदसहित, ट्रफी र मेडल हातपारेको छ । यसैगरी ओखलढुङ्गा भलिबल सङ्घले दोस्रो स्थानमा चित्त बुझायो । उसले नगद १ लाख, ट्रफी र मेडल प्राप्त गरेको छ ।
त्यसैगरी बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सुनसरीले भोजपुरलाई पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाएको छ ।

सुनसरीले नगद ५१ हजार र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले पुरस्कार, ट्रफी, मेडल र प्रमाण– पत्र प्रदान गरेका थिए । सो अवसरमा प्रदेश नं.१ भित्र रहेका अन्तराष्ट्रिय भलिबल खेलाडीलाई आयोजक संस्थाको तर्फबाट सम्मान गरिएको थियो । प्रतियोगितामा १ नम्बर प्रदेशका १४ वटा टिमको सहभागिता रहेको थियो ।

मदन भण्डारी स्पोर्ट्स् एकेडेमी प्रदेश नं.१ का अध्यक्ष सागर थापाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ, मुख्यमन्त्री शेरधन राई, मन्त्री हिकमत कार्की लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रदेश सांसद् निरन राई, इन्द्रमणी पराजुली, लिला सुब्बा, कुसुमकुमारी श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव टीकाप्रसाद घिमिरेले गरेका थिए ।