विराटनगर /  मोरङ जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिताकोे उपाधि मोरङ पथरीका संजिब मगर घोषित भएका छन् ।  मोरङ शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा १८ जना प्रतियोगिहरुलाई पछि उपाधि जितेका हुन् ।
उनी ७० केजी तौल समूहमासमेत प्रथम भए । मगरले उपाधीसँगै नगद ५१ हजार र ट्रफी हात पारे ।  प्रतियोगिताको फस्ट रनरअप अजय मरिक घोषित भए । उनी ५५ केजी तौल समूहमा प्रथम भए । उनले नगद २५ हजार प्राप्त गरे । उक्त प्रतियोगिताको सेकेण्ड रनरअप योगेन लिम्बु भए । उनी ६५ केजी तौल समूहमा प्रथम भएका थिए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो । प्रतियोतिाको निर्णायक फिटनेस अन्तराष्ट्रिय निर्णायक संघको केन्द्रीय सदस्य पुष्प श्रेष्ठ, प्रभात काजी बरिया र अशोक पाठक रहेका थिए ।