रङ्गेली / ‘पोल पोलमा सरकार,टोलटोलमा बलात्कार’ नारा लगाउदै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्माला पन्तलाई बलात्कार पछी हत्या गर्ने अभियुक्तलाई पक्राउको माग गर्दै विराटनगरका युवाहरुले शनिबार बिरोध प्रदर्शन गरेका छन ।

1
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सरकार र मानवअधिकारवादी संघ संस्थाले चलाइरहेकाे अवस्थामा पीडीतले न्याय नपाएकाे भन्आदै उनीहरूले विराेध गरेका हुन ।  निर्मलाको बलात्कार पछि हत्या भएको ४ महिना विति सक्दा पनि सरकारले दोषीलाई पक्राउ र कारवाही गर्न सकेको छैन । 

IMG_20181201_142310
विराटनगरमा निर्मला हत्याका दोषीलाई कारवाहीको माग गर्दै युवाहरुले निकालेको विरोध  -यालीमा ‘पोलपोलमा सरकार,टोल टोलमा बलत्कार’,‘प्रमाण सबै नष्ट छन्, प्रहरी नेता भ्रष्ट छन्’ भन्दै नारा लगाएका थिए ।

IMG_20181201_142040
उनीहरुले सरकार भेटियो न्याय भेटिएन भनेर लेखिएको निर्मला अंकित पोष्टर समेत बजारका पोल र भित्ताहरुमा टासेका थिए । विराटनगर क्षेत्रमा तीन सय पोस्टर उनीहरुले टाँसेका थिए ।
विराटनगरमा निस्किएको युवाहरुको जु्लुसले स्थानीय ट्राफिक चोकमा निर्मला पन्तका हत्यारालाई सरकारले ढाकछोप गरेको भन्दै गृहमन्त्रीको राजीनामासमेत माग गरे । तस्विरहरूः यज्ञराज अधिकारी

IMG_20181201_141921 nirmasla