मनाङको लगातार पाँचौ जित

alt
  • मंसिर १५, २०७५
  • २०६ पटक पढिएको
  • रासस

काठमाडौँ / उपाधी होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामालगातार पाँचौ जित निकालेको छ ।  
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गरेर मनाङले लगातार पाँचौ जीत निकालेको हो । मनाङको जीतमा अञ्जन विष्ट र आफिज ओलावालेले एक एक गोल गरे । 
खेलको ५५औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता बनाएको थियो । खेलको ६८औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । खेलमा मनाङका कमल श्रेष्ठले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै मनाङ पाँच खेलबाट १५ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । मनाङसँग पराजित सरस्वती भने छ अङ्कसहित तालिकाको सातौंँ स्थानमा छ । 

विषाक्त मदिरा सेवन ग

गुवाहाटी, भारत/ भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ मह

एनसेल टावरमा बम विष्

काठमाडौँ/  ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित ग

शिक्षा र स्वास्थ्यमा

भोजपुर/ भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले समृद्ध

इटहरीमा पीपलबोट खुला

इटहरी/ इटहरी मुख्य चोकको २ सय मिटर पूर्व टेङ्ग्रा खोला


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved