पुस ११ देखि हात्ती महोत्सव

alt
  • मंसिर १६, २०७५
  • १९९ पटक पढिएको
  • रासस

चितवन / पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो । 

क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन् भने हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता हुनेछ । सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ । 

महोत्सवका क्रममा सांस्कृतिक कार्यक्रम, संरक्षणमूलक नाटकसमेत प्रस्तुत गरिनेछ । घिमिरेका अनुसार पशु अधिकारकर्मीले गत वर्ष गरेको अनुगमनपछिको सुझावलाई अधिकतम स्वीकार गरी हात्तीलाई दबाब नभएर मनोरञ्जन दिँदै कार्यक्रममा सहभागी गराउन लागिएको छ । पशु अधिकारकर्मीले हात्तीलाई दबाबमूलक काम लगाएको भन्दै विरोधसमेत गरेका थिए । 

स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुँदै आएको छ । प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।  भूूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकका कारण सुस्ताएको यहाँको पर्यटन व्यवसाय यस वर्ष उत्साहजनक देखिएको छ । 

दयाहाङ र लक्ष्मीकाे

गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ' परानै दिन्छु ' द

दुई परिवारका ९ जनाको

फिदिम/ पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा

प्रजातन्त्र र प्रेस

नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो

हिन्दु राष्ट्र बनाउन

इटहरी/ नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै इटहर


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved