विराटनगर । अन्यबेला सुनसान रहने विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रम शनिबार भने छुट्टै सांगीतिक माहोल छायो । कोही गीत, त कोही नृत्य प्रस्तुती गरि आश्रममा दिनभरी सांगीतमय बन्यो । मञ्जिना मुभिज क्रिएशन र मिस नेवा कोशीको आयोजनामा आश्रममा रहेका बालबालिकाहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले लिटिल च्याम्स प्रतियोगिता आयोजना भयो ।

उक्त कार्यक्रममा पूर्वाञ्चल बाल सेवा आश्रमका २४ जना बालबालिकाले गीत, नृत्य तथा उनीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरे । जसमध्धे आश्रमका १४ बर्षीय अभिषेक राई लिटिल च्याम्सको उपाधि जितेकोे क्रिएशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । उनले ‘प्रेम गीत’ चचित्रको म यस्तो गीत गाउछु... बोल गीतले उपाधि दिलायो । विजयी हुने राइले शिल्ड तथा मेडल प्राप्त गरे ।

कार्यक्रमको निर्णायकमा गायक तथा संगीतकार सुमन श्रेष्ठ, स्वेता तुलाधर रहेका थिए । उक्त कार्यक्रममा हास्यकलाकार पारस थापाको प्रस्तुतीले थप मनोरञ्जन प्रदान गर्यो । सोही अवसरमा आयोजकले आश्रमकी अध्यक्ष सीता पोखरेललाई नगद ५ हजार ५ रुपैया प्रदान गरेको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आश्रममा रहका बालबालिकाहरूको प्रतिभा उजागर गर्न यस्तो प्रतियोगिताले अहम भुमिका निभार्ह खेल्ने बताए ।