मिस स्टेट २०१८ को ताज उदयपुरकी रमिलालाई

alt
  • मंसिर १६, २०७५
  • ६०४ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान / पुर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको मिस स्टेट २०१८ र पूर्वाञ्चल सिंगिङ स्टारको छैटौँ संस्करण सम्पन्न भएको छ ।

धरानको सभागृहमा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख तथा उपमेयर मन्जु भण्डारी सुवेदिकाे प्रमुख अाथित्यमा सम्पन्न भएको संयुक्त कार्यक्रमका अन्तिम प्रतिस्पर्धाको सिंगिङ तर्फ सुनसरीका पदम मगर विजेता बने । मिस स्टेट २०१८ को ताज उदयपुरकी रमिला बस्नेतले पहिरिएकी छिन् ।

बस्नेलले मिस एसएमएस टाइटल अवार्डसमेत जितिन् । मिस स्टेटका फस्ट रनर अपको ताज विराटनगरकी प्रज्ञा गिरीले पहिरिन भने ताप्लेजुङकी निशा गुरुङ सेकेण्ड रनरअप भइन् । मिस चार्र्मिङ र पर्सानालिटीको अवार्ड सेकेण्ड रनरअप निशाले नै हात पारिन् ।

टाइटल अवार्डमा प्रदेश १ की १३ सुन्दरी मध्ये सुनसरीकी कन्टेन्सटेन्ट नं १० प्रदिपा राई बेस्ट ट्यालन्ट र बेस्ट फिगर चुनिन् । मिस डिसिप्लिन तेह्रथुमकी नमिता लिम्बु र मिस एक्टिभ विराटनगरकी प्रज्ञा नै भइन ।

भोजपुरकी अस्मिता राई मिस पङच्युएल, धनकुटाकी श्रीषा याम्फुराई मिस पब्लिक च्याइस, धनकुटाकी केन्जल याख्खा बेस्ट स्माइल,सुनसरीकी रेश्मा राई बेस्ट हेयर, सुनसरी कै सुनिता शर्मा मिस क्याटवक र धनकुटाकी रेन्सा लिम्बु मिस फोटोजेनिक बनिन् ।

चौडण्डी नगरपालिका बेल्टारकी मिस स्टेट बिजेताले क्राउनसँगै सुजुकी स्कुर प्राप्त गरिन् । क्रमश फस्ट र सेकेण्ड रनरअपले जनही .५० हजार र .२५ हजार नगद पाए ।

मिस स्टेटका निर्णायकहरु सञ्चारकर्मी तथा कोरियोग्राफर कला सुब्बा, सञ्चारकर्मी तथा मोडल सरुपा थापामगर,नव–नायिका कामना भुजेल र मोनिता मेन्याङबो रहेका थिए । कोरियोग्राफ सञ्चारकर्मी तथा मोडल मेरिना तुम्सा लिम्बुले गरेकी हुन् ।

त्यसैगरि बुढासुब्बा फुटसल सिंगिङ स्टारमा भोजपुरका नारायण राई दोश्रो भए । ओखलढुंगाका सुदम सुनुवार तेस्रो बन्न सफल भए । 

सिंगिङ स्टारका विजेता पदम मगरले ५० हजार नगद, २ वटा गीत रेकड गर्ने अवसर, १ वर्ष संगीत कोर्ष निःशुल्क, एउटा म्युजिक भिडियो बनाउने अवसर र ट्रफि प्राप्त गरेका छन् ।  त्यस्तै दोश्रो हुनेले २५ हजार नगद, एउटा गीत रेकर्ड, ६ महिना संगीत कोर्ष निः शुल्क, एक थान गिटार प्राप्त गरेका छन् ।

तेस्रो हुनेले रु २५ हजार नगद एउटा गीत रेकर्ड र एक थान गिटार पुरस्कार वितरण गरेकाे पुवार्ञ्चल बागिना कला केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयाेजक भक्तिराज रार्इले बताए ।  गायन तर्फ भने कलाकार द्वय बिसाल रार्इ र लिलानाथ पाैड्यालले निणार्यककाे भुमिका  निवार्ह गरेका थिए । 

धरानका दुई महिला पत्रकार सम्मानित
सोही अवसरमा दिव्यरोशनी साप्ताहिककी सम्पादक मनिता चाम्लिम राई र ब्लाष्ट टाइम्स दैनिककी संवाददाता र ब्लाष्टखबर डटकमकी समाचार सम्पादक रिता लामालाई नगदसहित सम्मान गरेको थियो ।

 

करणी गरेको आरोपमा यु ...

तेह्रथुम /  आठराई गाउँपालिका ४ ईवाबाट प्रहरीले जवर ...

‘सा रे गा मा पा..... ...

धरान / नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभी ...

दुवईअवार्डकाे दावेदा ...

धरान /  धरान १५ स्थित केके इन्टरनेसनल स्कुलले आप्m ...

तेस्रो देशमा भाषा जो ...

पथरीशनिश्चरे / तेस्रो मुलुक पुनर्वास भएका भूटानी स ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved