जिरोपोइन्ट / धरान १८ स्थित डिपो स्कुलले आयोजना गरेको १५ औं संस्करणको ललित अमर डिपो कपक उद्घाटन खेलमा आयोजक बाहिरिएको छ । उद्घाटन खेलमा आयोजक डिपो स्कुललाई हिमशिखर तरहरा स्कुलले १–० गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको ७ औ मिनटमा हिमशिखरका नेलशन गुरुङ्गले गोल गरेका थिए । निर्धारित समयमा डिपोले गोल फर्काउन नसके पछि एक शुन्य गोल अन्तरले हिमशिखर विजयी भएको हो । डिपो स्कुलले अव पहिलो चरणमा पराजित हुने विद्यालयको प्रतियोगिता प्लेट च्याम्पियन खेल्ने छन । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका नगर खेलकुद विकास समिति अध्यक्ष सुवास राईद्धारा पानसमा दिप वालेर उद्घाटन गरिएको थियो । प्रतियोगितामा सुनसरी भरिका १६ वटा टिमले सहभागिता जनाएका छन । सोमवार मेयर कपको समापन कार्यक्रम हुने भएकोले मंंगलबार नवज्योति र मेरिल्याण्ड, सृजना स्कुल र आइडल, नेपाल पुलिस र सेक्रेट हर्ट विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।