भारतको गणतन्त्र दिवसमा रामाफोसा प्रमुख अतिथि

alt
  • मंसिर १७, २०७५
  • ६७ पटक पढिएको
  • ब्लाष्ट खबर

रासस/सिन्ह्वा: भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्नुहुने भएको छ । आउँदो जनवरी २६ तारिखका दिन हुने ७०औं गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि रामाफोसा हुने प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत् जानकारी दिनुभयो ।

मोदीले रामाफोसालाई औद्योगिक राष्ट्रहरुको समूह जी–२० शिखर सम्मेलनका क्रममा भेटेर प्रमुख अतिथिका रुपमा उपस्थित भइदिन अनुरोध गर्नु भएको बताइएको छ । दक्षिण अफ्रिकासँग महात्मा गान्धीको विशेष र नजिकको सम्बन्ध भएकाले त्यही देशका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागेको मोदीले बताउनुभएको छ ।

भारतमा राष्ट्रपिताका रुपमा सम्मान गरिने गान्धीले सन् १८९३ देखि १९१४ सम्म दक्षिण अफ्रिकामा बिताउनुभएको थियो । त्यहाँ उहाँले अधिवक्ताको रुपमा काम गर्नुभएको थियो ।  भारतमा भएको अहिंसा आन्दोलनको योजना गान्धीले दक्षिण अफ्रिकामै बनाउनुभएको थियो ।

काला जातिका मानिसलाई गोरा जातिका मानिसले गरेको भेदभावबाट रुष्ट भएर उहाँले भारतमा अङ्ग्रेज शासनविरुद्ध अहिंसात्मक आन्दोलन सुरु गर्नु भएको बताइन्छ

। भारतले अर्को बर्ष गान्धीको १५०आैँ जन्मजयन्ती मनाउन लागेको छ । यसअघि भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका लागि आमन्त्रण गरेपनि समय अभाव जनाउँदै उहाँले उक्त समारोहमा उपस्थित हुन नसक्ने बताउनुभएको थियो ।

उदयपुरमा पिक्निक गए ...

उदयपुर / उदयपुरको चिम्चुङ्बुङमा पिक्नीक खाएर फर्कन ...

अपराधमा वारीपारीकाे ...

दमक /  भारतको विहारसँग जोडिएको झापासहित पूर्वी त ...

अक्षयकोष स्थापना ...

तेह्रथुम / नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले पत ...

दुर्घटनामा ३ दिनकी स ...

पाल्पा / सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका&nda ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved