बेलबारी/ पैसा तिरेर कविता सुन्ने परम्परा काठमाडौं उपत्यकामा मात्रै सीमित छ । तर, यो परम्परा काठमाडौंमा मात्रै अब सीमित रहेन ।

शनिबार बेलबारीमा पनि पैसा तिरेर कविता सुन्न उपस्थित भए । लेट्स ईन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना कवितामार्फत् स्रोताको मन तान्न सफल भए ।
युट्युवमार्फत् सार्वजानिक भएका उनका कविता र नयाँ कविता वाचनले कार्यक्रममा सहभागीहरूलाई ताली बजाउन बाध्य बनायो ।

उनका कविता सुन्न मोरङ, झापा, सुनसरी र आसपासका साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो । सगरमाथाको गहिराइ नामक पुस्तकबाट चर्चा कमाएका उनले ‘ह्याप्पी बर्थ डे, मोक्ष, रुख लगायतका आधा दर्जन चर्चित कविता वाचन गरेका थिए ।