मधुमल्ला/ मोरङ मिक्लाजुङ गाउँपालिकामा प्याराग्लाईडिङको सफल परीक्षण सम्पन्न भएको छ । मिक्लाजुङ-१, ओखलडुङ्गा बाट मिक्लाजुङ-२, को साखरेमा सफल परीक्षण सम्पन्न भएको मिक्लाजुङ गउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

पुर्वमा नजिकैका बिकास हुँदै गरेका ठुला सहरहरु बिर्तामोड, दमक, उर्लाबारी, पथरी र बेलबारीबाट नजिकैका ठुला शहरका पर्यटकहरुका लागि सो स्थानमा उपयोग हुने मिक्लाजुङका युवा व्यवसायी गणेश भट्टराई बताउँछन् ।

चुरे पहाडबाट तराईका फाँटहरुको मनोरम दृष्य अवलोकन गर्न मिक्लाजुङको प्याराग्लाइडिङ उपयोगि हुने भट्टराईले बताए । मिक्लाजुङको वडा नं. १ रमिते गर्मीको समयमा समेत पर्यटकहरुका लागि सितलता प्रदान गर्ने ठाउँ हो ।

यस ठाँको वातावरण धनकुटाको भेडेटार र इलामको कन्यान जस्तै बारैमास चिसो मौसम रहने स्थानी सरण बिक बताउँछन् । पुर्व पशिचम राजमार्गबाट करिब २० किलोमिटरको दुरीमा रहेको उक्त स्थान पर्यटकीय हिसाबले होम स्टे सञ्चान गर्न समेत उपयुक्त रहेको मिक्लाजुङ वडा नं. १ का वडाध्यक्ष नरबहादुर राईले बताए ।

अब यस क्षेत्रलाई होम स्टे र आर्गानिक फलफुल , तरकारी, कफी र चिया खेतीलाई प्रोत्साहन गर्दै होम स्टेको रुपमा बिकास गर्ने योजना रहेको वडाध्यक्ष राइले बताए ।

साथै गत वर्षबाट सो स्थानमा कफिका बिरुवाहरु किशानलाई निःशुल्क उपलब्ध गर्यार्इ कफी खेतीको थालनी गरिएको छ राइले भने । यस ठाउँबाट प्याराग्लाईडिङ सेवा सञ्चालन गर्न सके पुर्व-पश्चिम महेन्द्र राजमार्गबाट करिव २० कि.मी उक्त स्थान पर्ने यो ठाउँ कम समयमा भरपुर मनोरजन लिन सकिने ठाउँको रुपामा बिकास हुनेमा दुई मत छैन ।

नागरीक उड्यान मन्त्रालयसँग अनुमती माग
प्याराग्लाइडिङको सफल परिक्षण सम्पन्न भएसँगै मिक्लाजुङ गाउँपालिकाले सेवा संचालनका लागी नागरीक उड्यान मन्त्रालयसँग अनुमती माग गर्ने भएको । सफल परिक्षण सम्पन्न भयो अब हामी नागरिक उड्यान मन्त्रालयसँग अनुमति माग गर्ने र ईच्छुक केही युवाहरुलाई प्रोत्साहन गरी आवश्यक रकमको केही प्रतिशत रकम अनुदान दिई पाइलट उत्पादन गरिने गाउँपालिका अध्याक्ष देवी प्रसाद आचार्यले बताए ।

मिक्लाजुङ बाटै सुर्यदोयः
ममिक्लाजुङ गाउँपालिका वडा नं. १ को २ स्थानबाट सुर्यदोय हेर्न सकिन्छ । समुन्द्र सतहबाट १३ मिटरको उचाईमा रहको उक्त स्थान झापा, मोरङबाट सरल र सहज रुपमा सुर्यदोय देखिने स्थान हो ।

यो ठाउँमा पुग्न उर्लाबारी बाट ८ की.मि उत्तर मधुमल्ला र मधुमल्ला बाट टाँडी , चौतारा हुँदै मिक्लाजुङ –१ आइतबारे बजार पुगिन्छ । यस्तै मिक्लाजुङ वडा नं. १ रमीते जौंबारी, लावा खोला हुँदै पाँथरको एकराते हुँदै करिब ५–६ घण्टाको पैदल यात्रामा उक्त स्थान पुग्न सकिन्छ ।

हालै मात्र मिक्लाजुङका २०–२५ जना युवाहरुले मिक्लाजुङलाई पर्यटन प्रर्वदनमा टेवा पुर्याउने यद्धेश्यले मिक्लाजुङ डाँडा सम्मको मिक्लाजुङ पदयात्रा सम्पन्न गरेको टोलीमा सहभागी संञ्चारकर्मी युवराज दाहालले बताए ।

मिक्लाजुङको वर्णन गर्दै दाहालले भने धार्मीक, सास्कृतीक र पर्यटकीय हिसाबले निक्कै महत्वपुर्ण स्थानको रुपमा यस क्षेत्रलाइ विकास गर्न सकिन्छ ।

उक्त स्थानमा बाटो, खाने पानी र केही ठाउँमा पर्यटकहरुलाई सेवा दिने व्यवस्थापन मिलाउन सके उक्त स्थान र्पुवकै एक नमुना पर्यटकिय क्षेत्र बन्ने र दाहालले बताए । उक्त स्थान समुन्दी सतहबाट २हजार ४ सय १० मिटरको उचाइमा रहेकाले पुर्वका १६ जिल्ला हरुको दृष्याअवलोकन गर्न सकिन्छ ।

यहाँबाट सगरमाथा,कुम्भकर्ण, कञ्चनजंगालगायत आधा दर्जन बढी हिम पर्वत श्रुङ्खलाहरुको दृष्याअवलाेकन गर्न सकिन्छ ।