बढ्दो महिला हिंसा

alt
  • मंसिर १८, २०७५
  • ६७ पटक पढिएको
  • ओम कोइराला

यतिबेला महिला हिंसा विरोधको १६ दिने अभियान चलिरहेको छ । यो अभियान चलेको अहिले मात्रै होइन । विगत १९९४ देखि महिला हिंसा बिरोधी अभियान सञ्चालन हुदैँ आएको छ । हामीले लामो समय देखि हिंसाका बारेमा कुरा उठाउदै आएका छौँ ।

जति सुकै कुरा उठाए पनि त्यसलाई यस्तो यस्तो गर्ने र महिला हिंसालाई रोक्ने भनेर गरेका सबै प्रयास मरुभुमिमा पानि खन्याए जतिकै भएको छ । दक्षीण एसियाका केहि यस्ता मुलुक छन् त्यहाँ महिला हिंसाले छपक्कै ढाकेको छ ।

प्रत्येक कुराको थालनि र अन्त्य कस्तो हुन्छ भन्ने कुराको निधो त्यहाँ काम गर्ने पात्र त्यहाँको वातावरणले निधो गर्छ । तपाई हामीले हाम्रो विचारलाई कतिको फराकिलो र कामयावी बनाउछौँ । त्यसको निधो पनि त्यहि ओरिपरिको वातावरणले गर्छ ।

हामीले कस्तो वातावरण बनाउन चाहान्छौँ । त्यसका लागि हामी जति राम्रा योजना बनाएर सबै तिरबाट वातावरण सुधारको काम गर्न सक्छौँ । त्यतिनै धेरै महिलाहरु पनि सुरक्षित हुन सक्छन् । अहिले महिला हिंसाका कुरा गर्दा पहिले त आफ्नो देशको अवस्था के छ ? त्यो हेर्ने हो तर त्यसलाई प्रभाव पार्ने अरु पनि धेरै कुरा छन् ।

त्यस मध्येको सबैभन्दा प्रमुख कुरा हाम्रा छिमेकी मुलुकहरु पनि हुन । हामीले महिला हिंसा बारेमा हेर्दा छिमेकीलाई हेर्नै पर्छ । छिमेकी मुलुक भारत जहाँ सबैभन्दा बेसि महिला हिंसा हुने गर्छ । त्यहाँको प्रमुख कुरा भनेको दहेज अथवा दाइजो प्रथा हो ।

त्यहाँ अहिले पनि दाइजोको कारण कुटाई खाने, मटितेल खन्याएर आगो लगाउने, कुटपित गर्ने घरबाट निकालीदिने चलन त्यतिनै धेरै छ । त्यस्तै पाकिस्थानका कतिठाँउमा एकआपसमा प्रेम गरेको भनेर मारिएका थुप्रै घटना छन् ।

त्यो बंगालादेशमा पनि छ । यी हाम्रा ओरिपरिका देशहरु जहाँ महिला हिंसा अत्याधीक रुपमा झन भन्दा झन वृद्धि हुदै गएको तथ्याङ्क छ । हाम्रो छिमेकी देश भारतमा त्यतिकै धेरै बोक्सीको आरोपमा पिटीने, गाँउ निकाला गर्ने गरिन्छ । अझै सबै भन्दा डरलाग्दो गरि संचालीत गरिएका कोठीहरु भारतका प्रत्येक शहरमा पाइन्छन् ।

त्यहाँ जसरीे गाई वस्तुको मोल मोलाई गरेर किन बेच गरिन्छ त्यसै गरि महिलाहरुलाई पनि मोलमोलाई गरेर किन बेच गरिनछ ।

यो मैले हाम्रो देशका बारेमानै धेरै कुरा बोल्नुपर्नेमा छिमेकीमा हुने गरेका यी घटनालाई किन उठाउनु पर्यो भन्ने प्रश्न पनि उठन सक्छ । यस्का बारेमा मैले प्रस्ट पार्नु पर्ने आवश्यक ठानेको छु । मैले माथि भनेको एउटा कुरा वातावरणले पनि महिला हिंसालाई बढावा दिई रहेको छ ।

हाम्रो छिमेकी मुलुकको प्रभाव हाम्रो देशमा थुप्रै पर्ने गर्छ । त्यसैले पनि हामीले महिला हिंसालाई न्युनिकरण गर्न सकिरहेको छैनौँ । नेपालका कुना काप्चाका चेलीहरुलाई नेपालीहरुलेनै विवाह गर्ने बहाना बनाएर कतिलाई काम लागाई दिने बहानामा फकाएर भारतीय कोठी कोठीमा लगेर बेचेका घटना हामीले दिनै पिच्छे सुनि रहन्छौँ ।

हाम्रा छिमेकी छोरी चेलीहरु बेचिएका र कोठीमा नारकिय जीवन बिताइरहेका थुपै घटना छन् । केहि महिना अगाडी एउटा वार्ड अध्यक्ष आफैले भारतको कोठी सञ्चालन गरेको नेपालबाट गाँउले किशोरी फुकाएर लगेर जवरजस्ती कोठीमा राखेको घटना हामी कसैले विर्षेका छैनौँ ।

अहिले त्यो देखिबाहेकका नेपालका छोरीहरु अहिले पनि नेपालकै दलालहरुबाट काम लगाई दिने आशमा देखाएर खाडी मुलुकमा लगेर बेचेका घटना छयाप छयाप्ती बाहिर आउने गरेका छन् । कति चेलीहरु त्यहाँ बलतकारको सिकार भएर पेटमा बच्चा बोकेर अलपत्र भएका, कतिले कुटाई खाएर अंगभंग भएका कतिलाई एउटा घरको हजुरबुबा देखि र नातिसम्मले बलतकार गरिएका घटनाहरु घटीरहेका छन् ।

यो हाम्रो देशले भोगीरहेको भयावह अवस्था हो ।

अब छिमेकी मुलुक भारतको प्रभावमा परेका घटनाहरु भनेको चेली बेचिनु, अर्को नेपालको तराई भागमा सबैभन्दा धेरै दाइजो प्रथा अथवा दाइजो नदिएको निउमा थुप्रै महिला हरुले कुटाई खाने कतिको मटितेल खन्याएर आगो लगाएका घटना धेरै घटने गरेका छन् ।

त्यस्तै यति दाइजो ल्याइदिनुहोस भनेर माइतमा पठाउने सधै मानसिक र शारिरीक यातना दिने गरिन्छ । यो महिला हिंसाको अर्को पराकाष्ट हो । यो हामीले छिमेकीबाट पाएको उपहार जतिकै भएको छ । अर्को बोक्सीका नाममा कुटपीट गर्ने मानिसकै मलमुत्र खुवाउने यो पनि सबैभन्दा बेसि छिमेकीको प्रभावले तराई भेगमा त्यसमा पनि तराईका गरिब परिवार माथि हुने हिंसा हो ।

बोक्सी लगाउने काम जहिले पनि महिलालाई नै हुन्छ । कहि कतै कहिले पनि लोग्ने मानिस बोक्सी भनिएको छैन् । लोग्ने मानिस धामि हो भनिन्छ तर बोक्सी भनिदैन । यो ठुलो सामाजीक विभेद हो ।

अब यहाँ मैले दाइजोका बारेमा केहि उदाहरण दिन चाहन्छु । म एकताल एउटा कार्यक्रममा जनकपुर गएको थिए । त्यहाँ एकजना मजदुर नेताकोमा बसे । बिहान उनीसैँग बसेर चिया खादैँ गर्दा उनले आफ्नो छोरालाई चिनाएर भने । यो मेरो जेठो छोरो । यस्ले हेल्थ असिस्टेन पास गरेको छ । यसपाली यसको विवाह गरि दिन्छु ।

मैले केटी कहाँ हेर्नु भएको छ भने ? उनले एउटी केटिको कुरा नेपालबाट आएको छ । उसले दाइजो थोरै दिन्छ । भारतबाट आएको छ कुरा उसको पढाइ खर्च दिएर सुन ५ तोला दिनुपर्यो नि भनेका थिए मैले भने दिन्छु भनेर दिएन भने ? उनले सजिलै भने त्यो केटी फिर्ता गरिदिन्छु ।

मैले भने तपाईले यस्तो गर्न सुहाउछ । फेरि उनले भने मेरो छोरी भए मैले जसरी पनि दिनुपर्ने हुन्छ । अनि मैले किन नलिने । यहाँ सबैले लिन्छन् भनेका थिए । यो एउटा प्रतिनिधी घटना मात्रै हो । यस्ता थुप्रै घटना छन् ।

अब म अलिकति कस्ता-कस्ता प्रकृतिका र कहाँ कहाँ बेसी महिला हिंसा हुने गर्छन् यसबारे पनि चर्चा गर्न आवश्यक ठानेको छु । अहिले हाम्रो देशबाट सबैभन्दा खतरनायक महिला हिंसा हुने भनेको पहिलो फकाई फुल्याई गरेर कोठीमा लगेर बेच्नु, दोस्रो भनेको देखा देखि दाइजो नल्याए वापत कुटपिट गर्नु, तेस्रो बोक्सीका नाममा दिइने यातना यी सबै सामाजिक रुपमा देखिने गरि गरिने भएका घटना हुन ।

यस्तै अब बालिका किशोरी, वयस्क र उमेर छिप्पीएका महिलाहरुलाई एकान्त पारेर जबर जस्ती बलात्कार गर्नु, हत्या गर्नु, सामुहिक रुपले बलात्कार गर्नु । नेपालको दक्षिण सिमा आसपास कति भारतबाट आएका बदमासहरुले सामुहिक बलात्कार गरेका घटना ताजै छन् ।

त्यस्तै बालिका निर्मलाको बलात्कार पछि हत्या । त्यस्तै पोखरा, बारा, सप्तरी, खोटाङका घटना छन् । अरु महिला किशोरीको संवेदनशिल अङगमा छुने, जिस्क्याउने आदि । अहिले त झन फेसबुक मार्फत नाना थरि भन्नु, जिस्क्याउनु यी धेरै महिला हिंसाका रुप हुन ।

अब महिला हिंसा हुने ठाँउहरु कहाँ छन् त । पहिलो म एउटा घटना भन्न चाहन्छु । एकदिन म र बिष्णु वास्तोला विराटनगरबाट धरान तिर आउदैँ थियौ । बसमा मानिस खचा खच थिए । हामी उभिएको भन्दा एकसिट अगाडी एकजना महिला बसेकी थिइन ।

तिनको सिटमा टासिँएर एउटा भुसतिग्रे खालको अलि लामा लामा जगटा पालेको ति महिला छेउमा उभिएको थियो । त्यसका हात बिस्तारै ति महिलाको छाती तिर बढाउदै थियो । महिलाले अप्ठ्यारो मानेको प्रष्ट देखिन्थ्यो । त्यसैले एकछिनमा तिनको संवेदनशिल अंग समायो ।

महिला कराई ए गुन्डा तैले यो के गरेको तपाईहरुले यो के हेरेर बस्नु भएको भनिन् । त्यसले अझै अस्लिल गालि गर्दै ए राँडी तलाई मैले यत्रो थोक गरेको छु, भनेर गालि गयो । मैले त्यो सुनेपछि ए भाइ तिमीले यी आमा जस्ती मान्छेलाई के भनेको ? ए गुरुजी गाडी थानामा लैजानुहोस भने । गाडीका मानिस सबै चुप लागे । मैले यति भनेपछि त्यो केटो अगाडी सर्यो । अरु कोहि बोलेनन् । महिलाले मलाई आँखा भरि आँशु पारेर तपाईलाई धन्यवाद भनिन् ।

डाइभरले थानामा गाडी लान मानेन । पछि इटहरी आएपछि त्यसले मलाई अंकल एकछिन आउनु न ओर्लीने होइन भन्यो । तिनीहरु ४,५ जना रहेछन । मलाई कुट्ने योजना बनाएछन् । विष्णुले थाहा पाएर मलाई ओर्लिन दिइनन् । उनले चिनेको डाइभर भएकाले गाडी हाक्न भनिन् । उनले ढोकामा बसेर तिनलाई रोकिन । पछि हामी थानामा गयौँ । तर त्यसको कुनै परिणम निस्कीएन । ति केटाहरु बेपता भइसकेछन् । अहिले पनि गाडीमा त्यतिकै महिला माथि दुर्व्यहार हुन्छ ।

तर धेरै महिलाले त्यसलाई पचाउछन् । अर्को कारखानामा आफुसगैँ काम गर्ने साथिहरुबाट दुर्व्यवहार हुने गर्छ । कति व्यवस्थापकले पनि महिला माथि दुर्व्यहार गर्छन् । यस्ता घटना थुप्रै छन् । यसलाई कार्य थलोको दुरव्यवहार भनिन्छ ।

बजारमा पनि भिड भाडमा पसेर महिलाहरु माथि दुर्व्यवहार गरिन्छ । सिनेमा हलमा त्यहाँ पनि यस्तो महिला माथि दुर्व्यवहार हुने गर्छ । विद्यालयमा पनि दुर व्यवहार हुने गर्छ । एकान्त ठाँउमा घाँस काटन जादाँ, पानी भर्न जादाँ समेत महिला माथि दुर व्यवहार हुने गर्छ ।

यो हुनाको मुख्य कारण के के हुन । एकता समाज यस्तो अपराधीकरण हुँदै छ । समाजका कति मानिसलाई समाजको सदस्य मान्न नसकिने गरीको विक्रृत भएका छन् । केहि मानिस लागु औषधी खाने, घर परिवार कसैलाई पनि नटेर्ने । यस्तो अवस्थामा पुगेका छन् ।

त्यसमा पनि महिलाहरु प्नि जथाभावी केटाहरुसँग जाने, कपडा त्यस्तै लगाउने, लागु औषधी सेवन गर्ने । अहिलेको फेसबुकले झनै धरै बिकृति निम्त्याउकाे छ । कतिपय लोग्ने मानिसमा आएको डिप्रेशन, समाजसँग सम्बन्ध विच्छेद ।

परिवारसँगको सम्बन्ध विछेद जस्ता असामाजिक गतिबिधीले र परिवारको माया नपाएका महिलाले महिला हिंसामा बढोतरी गरेको छ । महिला माथि हुने उत्पिडन र हिंसा भएका घटना मध्येका धेरै ठाँउमा मादक पदार्थ खाएर, घरमा आएर श्रीमती छोरीलाई पिट्नु यस्ता घटना भएको पाइन्छ ।

त्यस्तै गरि समाजले महिलालाई अबला बिचरी ठान्ने जुन प्रवृती छ । त्यो अर्को महिलाले हिंसा बेहानु पर्ने अवस्था हो । आफुलाई सधै अबला ठानेपछि हिंसा हुन्छ नै । अहिले सरकारले लागु गरेको कानुनको प्रभावकारिता के हो ? अहिले महिला अधिकार रक्षाका लागि धेरै कानुन बनेको छ ।

त्यसैले महिलालाई छोएमा वा हेर्दा पनि करणी गर्ने आशय देखिने गरि हेदाँ महिलालाई असहज हुने गरि संबेदनशिल अंगमा छोएमा बलात्कार कुटपीट जस्ता घटनालाई समेटेर कानुन आएको छ । कसैले उजुरी गरी अशाय करणी गरेको देखिने भनि उजुरी दिए उस्ले सजाय भोग्नुपर्छ ।

तर कानुन लागु भए देखि यो प्रतिसोध लिने काम गर्न थालेका छन् । सुनसरीको भर्खरको घटना हो । एक घरमा श्रीमान श्रीमती एक आपसमा सहबास गरे छन् । त्यो परिवारसँग झगडा भएको अर्को एक जनाको नाममा उसले मलाई जबर जस्ती बलात्कार गर्यो भनेर महिलाले लगाएको पुरुषको सिमेन सहितको सहितको पेटीकोट लिएर प्रहरीमा उजुरी गरिछ ।

प्रहरीले हो कि हैन भनेर प्रमाणित गर्न प्रयोगशालामा टेस्ट प्ररिक्षण गर्दा आफ्नै श्रीमानले गरेको प्रमाणित भएछ । यस्तो खराब तरिकाले मानिसलाई दुःख दिने काममा पनि कानुन प्रयोग हुन थालेको छ । यसरी कानुनको दुरुपयोग समेत हुन थालेको पाइन्छ ।

अब अहिले भइरहेको हिंसा विरुद्धका अभियान बारे पनि थोरै चर्चा गर्न आवश्यक छ ।

अहिले सबैभन्दा बेसि गैर सरकारी संस्थाले महिला हिंसा विरुद्धको कार्यक्रम चलाइरहेका छन् । तर ति कार्यक्रम धेरै महिला हिंसा रोक्ने क्रममा कार्यान्वयन भएको कहि पनि पाइदैन् । त्यस्तो कार्यक्रम एउटा योजना पेश गरेर शहर बजारका होटल, रेष्टुरा रिर्सोट, पार्टी प्यालेस कतै कार्यक्रम गर्यो । स्थानिय निकायको समाजिक विभागले छुट्याएको बजेट एउटा ब्यानर बनायो ।

एउटा कार्यपत्र बनायो । अनि समाजका अलि अलि बुझेका महिलालाई जम्मा गर्यो । त्यहाँ बसेर सबैलाई त्यो कार्यपत्र सुनायो, अर्को एक वा दुई जनाले त्यो कार्यपत्र माथि टिप्पणी गर्यो । चिया, सिंगडा एउटा, मिठाई एउटा,कोला खायो बस कार्यक्रम गजब भयो भन्यो । प्रतिवेदन दियो । अहिलेसम्म माथि देखि तल सम्म यस्तै मात्रै गरेको पाइन्छ ।

यस्ले महिला हिंसा रोक्ने काममा सिन्का पनि भाचेको पाइदैन् । अहिले पनि खास पिडित क्षेत्रमा त्यस्ता संस्थान जाने प्रयास गरेका छैनन् । भरखरको नम्बर १ प्रदेशको प्रहरीको प्रतिवेदनले प्रत्येक जिल्लामा त्यो पहिले भन्दा बढेको पाइएको छ । (खुलाइएको रिपोर्ट )

यसलाई रोक्न अब के-के कसो गर्नुपर्छ । पहिले त माथि भनिएका ठाँउमा आर्थिक अवस्था कमजोर भएका गरिब बस्तिहरु, त्यस्तै तराईको दलित बस्तीमा, सम्रान्त परिवार भित्र, विद्यालय, सार्वजनिक सवारी, कारखाना होटल, रेष्टुरा, प्रत्येक सार्वजनिक स्थलमा सचेतना अभियान चलाउनुपर्छ ।

अहिले समाजमा देखा परेको मदिरा विक्री-वितरण पनि निश्चित ठाँउमा निश्चित समयमा मात्रै सेवन गर्न दिने लागु औषधलाई पुर्णरुपले रोक लगाउने समाजमा देखिएको हिंसात्मक बन्दै गएको समाजका सदस्य भए सुधारका लागि निशुल्क सुधार गृह खोल्ने र नागरिकको सोचमा परिवर्तन गर्ने एउटा मुलुकका महिलालाई अर्को मुलुकमा लगेर कैठीमा बिक्री गर्ने जुन भयावह अवस्था छ ।

त्यो मित्र राष्ट्रसँग सहकार्य गरि त्यस्ता अबैध कोठीलाई कारवाही गर्ने गरि एउटा सरकार र अर्को सरकार बिचमा सम्झौता गरि रोक्ने, बोक्सीको आरोपमा मलमुत्र खुवाई कुटपीट गर्नेलाई हत्या गर्दाको जुन सजाय छ त्यही सजाय लगाउने कानुन बनाउनु पर्छ ।

त्यसलाई लागु गर्नुपर्छ । त्यसका लागि पहिले घरपरिवार आफै सचेत हुनुपर्छ । दोस्रो विद्यालय सबै विद्यालयमा हप्तामा कम्तिमा ३ ओटा पिरेट यस सम्बन्धी सचेतना अभियान चलाउनुपर्छ । गाडीमा यात्रा गर्दा आजकाल सबै गाडीमा टेलिभिजन राखिएको छ ।

त्यहाँ प्रत्येक आधा घण्टामा महिला हिंसा विरोधी कार्यक्रम संचालन गर्ने । सिनेमा हलमा सिनेमा सुरु गर्नु अगाडी, मध्यानतर र अन्तिममा निस्कने बेलामा हुन सक्ने महिला हिंसा विरोधमा भिजुवल प्रस्तुत गर्ने, एफ.एम मार्फ त्यसै गरि प्रचार गर्ने ।

पत्रिकामा एउटा स्तम्र्भ अनिवार्य राख्ने । प्रत्येक कारखानामा काममा पस्नु अगाडी, मध्यानमा र अन्त्यमा एक एक ओटा महिला हिंसा विरोधी भिजुवल राख्ने । त्यस्तै हवैजहाजमा प्रत्येक दुइ देशको बोडरमा जहाँ प्रवेशद्धार हुन्छ, त्यहाँ अनिवार्य महिला किशोरी बेचिदै छैनौ भन्ने भिजुवल राख्ने । प्रहरी समाजिक अभियानताले त्यहाँ प्रत्येक मानिसलाई सचेतना अभियान चलाउने आदि । अनि मात्रै बिस्तारै महिला हिंसामा कमि ल्याउन सकिन्छ । यस्का लागि नागरिक राज्य सम्बन्धी मन्त्रालय त्यतिकै सचेत हुनुपर्छ ।

उदयपुरमा पिक्निक गए ...

उदयपुर / उदयपुरको चिम्चुङ्बुङमा पिक्नीक खाएर फर्कन ...

अपराधमा वारीपारीकाे ...

दमक /  भारतको विहारसँग जोडिएको झापासहित पूर्वी त ...

अक्षयकोष स्थापना ...

तेह्रथुम / नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले पत ...

दुर्घटनामा ३ दिनकी स ...

पाल्पा / सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका&nda ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved