विराटनगर / फायरिङका क्रममा गोली लागेर पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव घाइते भएका छन् ।
प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउँसो गोली लागेर सिरहा घर भएका २७ वर्षीय यादव घाइते भएको प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी शहकुलबहादुर थापाले जानकारी दिए ।
यादवको देव्रे हातको हत्केला पार गरेर गोली बाहिर निस्किएको छ । उनी प्रहरी तालिम केन्द्रमा प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने प्रशिक्षक हुन ।
प्रशिक्षार्थी प्रहरीहरुलाई फायरिङ गराउने क्रममा दिउँसो २ बजे घटना भएको हो । नयाँ प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड्किए पछि सफा गरेर पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर घटना भएको थापाको भनाई छ । यादवलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि दिउँसो काठमाडौं लगिएको छ ।