इटहरी/ बनभोजको मौषम सुरु भएसँगै प्रदेश एककै पर्यटकिय क्षेत्र तालतलैयामा अहिले बनभोज खानेहरुको भिडभाड बढ्न थालेको छ । प्रदेश एककै पर्यटकीय स्थलको गन्तब्यको रुपमा विकास हुदै गएको तालतलैयामा वर्षेनी बनभोज खानेहरुको संख्या बढ्रदै गएको छ ।

पर्यटकिय क्षेत्र तालतलैयामा तन्नेरी तरुनीहरुको जमात बढ्न थालेको हो ।

प्राकृतिक वनस्पति, तालहरु विभिन्न प्रजातिका जिवजन्तुहरुको संगम स्थल ताल तालतलैयामा घुम्न आउनेको संख्या दिनानुदिन बढि रहेको छ । बनभोजको समय अहिले यहाँ आउँने आन्तरीक तथा बाह्य पर्यटकहरु धरै आउने गरेको स्थानीयबासीहरुले बताएका छन् ।

पर्यटकहरु बढ्न थाले पछि अहिले बोटिङ समेत सुरु गरेको छ । बोटिङ सुरु भए पछि पर्यटकहरु बढ्न थालेको इटहरी ३ का वडाअध्यक्ष बालकृष्ण बिष्टले बताए । उनले भने तालतलैया प्रदेशकै नमुना हुदै छ ।
बनभोज खान र घुम्नका लागि शनिबार तालतलैया पुगेकी इटहरी १९ कि मिरा भुजेलले तालतलैया घुम्नको लागी असाध्यै राम्रो भएको बताईन् ।

यहाँ धेरै ग्रुप भएको कारण पनि बनभोज खान मज्जा आएको उनी बताउँछिन । हामीलाई टाडा जानु भन्दा नजिकै जानुको मज्जा बेग्लै आउँदो रहेछ उनी भन्छिन् । सरकारले अझै व्यवस्थित बनाउँदै लौजानु पर्ने उनको माग छ ।

बाटो मर्मतमा सरकारले ध्यान दिए तालतलैया सुन्दर हुने थियो भुजेलले थपिन् ।

बालबालिका खेल्नका लागि बनाइएको पार्क ,प्राकृतिक वनस्पति, ताल, सिमसार क्षेत्र, जिवजन्तुहरुको अवलोकन स्थल, तालमा गरिने बोटिगंले यहाँ सबैको ध्यान तान्ने गरेको छ । इटहरीको २ र ३ नम्बर वडाको करिव ३० हेक्टर भू भागमा फैलिएको छ ।

यहाँ घुम्नका लागि जगंलको हरियाली वातावरण ,७ वटा तालहरु , बनभोज खानका लागि पक्का टहरा , बोटिंङ स्थल पनि रहेको । इटहरी उपमहानगरको २ र ३ वडामा फैलिएको तालतलैजामा हरेक दिन घुम्न आउनेहरुको भीड हुन्छ ।

बाटो मर्मतको आवश्यकता
पर्यटकिय क्षेत्र जाने बाटो जिर्ण भएको कारण समस्या भईरहेको छ । इटहरीले पर्यटकिय क्षेत्रको नाम बेचीरहेको भए पनि त्यहाँसम्म पुग्ने अधिकांस बाटोको अवस्था जिर्ण बन्दै गएको छ । तालतलैया पुग्ने सबै बाटो जिर्ण भएको र इटहरी २ मा लामो समय देखि बन्दै गरेको पुल निमार्णको कामले तिब्रता नपाउँदा पर्यटकहरुलाई समस्या हुने गरेको छ ।

इटहरी उपमहानगरपालीकाले बाटो निमार्ण नगर्दा समस्या भईरहेको उनको भनाई थियो । बाटो तत्काल निमार्ण गर्ने गर्नु पर्ने देखिन्छ ।  ठुलठुला खाल्डाखुल्डीसँगै धुलाम्मे हुन पुगेको छ । वषौ देखि इटहरी उपमहानगरपालिकाको देखेको यो हालत अहिले पनि नदेखेझै गदै आएको छ ।

केहि वर्ष यता चर्चामा आएको पर्यटकिय क्षेत्र तालतलैया आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषक बन्न पुगेको छ । तर त्यहा सम्म पुग्न पर्यटकहरुले सास्ती खप्दै आएका छन् । गर्मी र जाडो दुबै मौषममा पर्यटकहरुको भरीभराउ हुने तालतलैया पछिल्लो समय बाटाकैै कारण पर्यटकहरु घट्दो रहेको तालतलैया विकास तथा संरक्षण समितिले जनाएको छ ।

सुधारिदै तालतलैया
इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने तालतलैया पर्यटकीय क्षेत्र जिल्लाको सबैभन्दा लोकप्रिय घुम्ने स्थल हो । २०७३ सालमा भएको अन्तराष्ट्रिय कार्यशालामा बनाइएका मूर्तिहरूले तालतलैयालाई रुप फेरिएको छ ।

नेपालसहित जापान, जर्मन, इजराइल, मलेसिया र भारतका ३३ मूर्तिकारहरुले २८ वटा मूर्तिहरु तालतलैयामा बनेका छन् । त्यो सँगै पार्कमा बालबालिकाको लागी चिप्लेटी , पिङ्, चकाचुली, साथै बोटिंङ,घोडचडी ,जलपरि,बालमैत्रि पार्क निर्माण गरिएको छ । यस क्षेत्रमा रमणीय ७ वटा ताल तथा पोखरीहरु रहेको छ ।

त्यहाँ इटहरी पूर्वमा रहेको जुट विकास चोकबाट ५ किलोमिटर तथा तरहरा क्षेत्रबाट ३ किलोमिटरको सडक दुरीमा तालतलैया पुगिने समितीका अध्यक्ष वीर बहादुर लिम्बु जानकारी दिए । तालतलैयालाई अझै व्यवस्थित गरिए तालतलैया एक नम्बर प्रदेशकै प्रमुख पर्यटकीय स्थल बन्ने पक्का छ ।

कसरी पुग्ने तालतलैया ?
तालतलैया इटहरी चोकबाट करिब ७ किलोमिर उत्तरमा छ । यस्तै कोशी राजमार्गमा पर्ने तरहराबाट भने ५ किलोमिटर पुर्वमा अवस्थित छ । यसको क्षेत्रफल करिब २० हेक्टर हो । यहाँ ७ वटा ताल छन् । तालमा आफै उम्रिएको जरुवा पानी भरिन्छ ।

यहाँ ५ जना विदेशी र २१ जना नेपाली मुर्तिकारहरु ढुंगामा कला भरेका थिए । तालतलैयाको नामाकरण हुँदा ०५५ सालमा यो क्षेत्र जंगल थियो । ०६० सालदेखी भने यो क्षेत्रमा पिकनिक खानेहरुको घुइचो लाग्न थाल्यो ।

०६६ सालमा समिति बनेर अर्को वर्ष बिधान दर्ता गरेपछि तालतलैयाको व्यवस्थितरुपमा बिकास हुन थाल्यो । घोडा चढ्ने रहर पनि यही पुरा हुन्छ । केटाकेटीको लागि चिल्डेून पार्क छ । ‘मिनि जु’ मा अजिंगर, मयुर, हुचिल, चित्तल, निगाले बाघ, चरीबाघ, दुम्सी, गिद्ध, स्याल, चिल, बाँदर, कछुवा जस्ता लोपोन्मुख थुप्रै जनावरहरु छन् ।