पथरीशनिश्चरे /  मोरङको पथरीशनिश्चरे ४ र ६ नम्वर वडाको सिमानामा पर्ने पिप्ले खोलामा भत्किएर धराप अवस्थामा रहेको पुल भत्काएर नयाँ पक्कि पुल वन्ने भएको छ ।

कुशलचौकबाट डीआइजी मोडहुँदै हसन्दहतर्फको भातेगौंडा जोड्ने सडकमा भत्केर धराप रहेको पुलको ठाउँमा नगरपालिकामार्फत निर्माण हुने नयाँ पुलको शिलान्यास भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ, ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारी सहितले पुलको शिलान्यास गरेका छन् ।

९ दशमलव ३५ मिटर लम्वाई र ५ दशमलव ५ मिटर चौडाई रहने पुलको पथरी शनिश्चरे १० स्थित जयभवानी निर्माण सेवाले भ्याट बाहेक २२ लाख ३४ हजार २ सय १३ रुपैयाँमा ठेक्का लिएको हो ।