श्रीलङ्काका पूर्व प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई हिटलर नबन्न सुझाव

alt
  • मंसिर १९, २०७५
  • १५५ पटक पढिएको
  • ब्लाष्ट खबर

कोलम्बो / श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हिटलरसँग तुलना गर्दै देशको राजनीतिक सङ्कट नबढाउन छ हप्ता पहिले पदच्युत गरिएका श्रीलङ्काका पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले आफ्नो सुझाब दिएका छन । 
रनिल विक्रमासिङ्गेले उक्त भनाई देशका राष्ट्रप्रमुखलाई सङ्केत गरी यहाँको प्रधानमन्त्रीको सरकारी कार्यालयबाटै आएको हो । प्रधानमन्त्रीबाट बर्खास्त गरिएपनि उहाँले आफु यहाँको संसदले चुनेको प्रधानमन्त्री भएको दावी गर्दै सरकारी निवास भने छोड्न मानेका छैन । 
विक्रमासिङ्गेले भने, “मैले संसदमा बहुमत पुष्टि गरेकाले राष्ट्रपतिले मलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुको विकल्प छैन ।” 
“मैले राष्ट्रपतिलाई संविधानलाई मिचेर हिटलरजस्तो नबन्न आग्रह गरेको छु । हामीले उनलाई संबिधान मिचेर अघि बढ्न दिने छैनौँ ।” 
राष्ट्रपति सिरिसेनाले विक्रमासिङ्घेलाई वर्खास्त गरी पूर्व राष्ट्रपतिसमेत रहेका महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरे पछि उनकाे पक्षमा संसदमा बहुमत नहुँदा प्रधानमन्त्रीका रूपमा काम गर्न सकेका छैन् । 

मिस एसईईका प्रतियोगि

विराटनगर । ‘मिस एसईई मोरङ २०१९’ को फाइनलमा

न्याय सम्पादनमा बेलब

लक्ष्मीमार्ग । मोरङको बेलबारी नगरपालिकाले जिल्लामै

कीर्ते गरी पुनः नयाँ

पथरी । मोरङको पथरीशनिशरे नगरमा रहेको सिरिजंगा स्मृति धा

खारखोलामा दुई मोटरसा

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ स्थित


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved