‘वल्डकप ट्रफीसहित पाँच जनाको टोली नेपालमा

alt
  • मंसिर १९, २०७५
  • १७३ पटक पढिएको
  • रासस

काठमाडौँ /   जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी आज नेपाल ल्याइएको छ ।  विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी लिएर अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डका पाँचजना प्रतिनिधि आज अपराह्न नेपाल आइपुगेको नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए । 

अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डको मुख्याल आयरल्याण्डबाट नेपाल रग्बी सङ्घको पहलमा नेपाल आउन लागेको ट्रफी यही मङ्सिर २३ गतेसम्म नेपालमा राखिनेछ । नेपालमा रहँदा विश्वकप ट्रफी सगरमाथाको आधार शिविरसम्म पु¥याइने कार्यक्रम रहेको उहाँले जानकारी दिए । 

ट्रफी बिहीबार बिहान सगरमाथाको आधारशिविर लगेर पहिलो प्रदर्शन गरिनेछ । त्यसैगरी मङ्सिर २१ गते विश्व सम्पदा सूचीमा रहेका स्थानहरू स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वायरमा प्रदर्शनी गरिनेछ ।  त्यस्तै मङ्सिर २२ गते टुडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारको प्रस्तुतिसँगै स्कूल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ । 

नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक आउन लागेको हो । नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो । रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २०देखि जापानमा आयोजना हुँदैछ । एशियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । 

दयाहाङ र लक्ष्मीकाे

गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ' परानै दिन्छु ' द

दुई परिवारका ९ जनाको

फिदिम/ पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा

प्रजातन्त्र र प्रेस

नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो

हिन्दु राष्ट्र बनाउन

इटहरी/ नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै इटहर


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved