पथरी/ आर्थिक वर्ष २०७५/०७६ को कार्यक्रम अन्तरगत कानेपोखरी गाउँपालिकाले ७ वटै वडामा निशुल्क स्वास्थ शिविर सुरु गरेको छ ।  कार्यक्रमको तालिका अनुसार वडा नम्बर ७ बाट स्वास्थ शिविर सुरु गरेको हो ।

वडा नं. ७ को आयोजना र विराट मेडिकल कलेज टिचिङग हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको छ । शिविरमा वडाका २ सय ५० जनाले बिभिन्न रोगका स्वास्थ परीक्षण गराएका थिए । जस्मा ५० जनाले भिडियो एक्सरे गरेका थिए । शिविरमा ६० हजारको औषधि निशुल्क वितरण गरेका थिए भने ३० जना शिविरबाट रिफर गरेको वडाध्यक्ष मोहन प्रसाद अधिकारीले बताए ।

विराट मेडिकल कलेज टिचिङग हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीका साथमा डा. हरी धिमिरे,डा.संजीत शाह,डा.सृष्टी थापा,डा. इशा पुन लगाएत एक दर्जन सहयोगी सहित शिविरमा खटिएका थिए ।

शिविर कार्यक्रमलाई प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र विशिष्ट अतिथि डा. ज्ञानेन्द्रमान सिंह कार्कीले उद्घाटन गरेका थिए । प्रत्येक वडामा वर्षमा दुईपटक निशुल्क स्वास्थ शिविर सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष काफ्लेले बताए