विजयपुर/ १५ औ ललित अम्वर डिपो कप अन्तर्गत मंगलबारको खेलबाट मेरिल्याण्ड, विष्णु र आइडल क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

डिपोट स्कुलको खेलमैदानमा भएको दास्रो दिनको खेलमा मरिल्याडले नवज्योतिलाई १–०, विष्णुले सत्यशिसुलाई सडनडेथमा २–१ र आइडलले सृजना स्कुललाई ४–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

विष्णु र सत्यशिशुुबीच भएको पहिलो खेलमा निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टिमा धकेलिएको थियो । पेनाल्टीमा समेत दुवै तर्फ एक एक गोल बराबरीमा टुंगिएपछि सडेन डेथको आधारमा विष्णु विजयी भएको हो ।

सडेन डेथमा विष्णु स्कुलका मन्जिल मगर र तेन्जिङ लिम्बुले गोल गरेका थिए भने सत्यशिसुको तर्फवाट सोना कुमाले १ गोल गरेका थिए ।

यस्तै अर्कोे खेलमा मेरिल्याण्डले नवज्योतिलाई हराउदै क्वाटर फाइलमा प्रवेश गरेको छ । मेरिल्याण्डकातर्फबाट रोमन रनपहेलीले एक मात्र निणयक गोल गरेका थिए । यसैगरी अन्तिम खेलमा आइडलले सृजना स्कुललाई हराएको थियो ।

आइडलका तर्फबाट रोहन विकले दुई गोल, रोजक विक र सन्देश लिम्बुले एक/एक गोल गरेका थिए ।

प्रतियोगितमा नवज्योतिका डोमन लिम्बु, सत्यशिसुका साइमन गुरुङ्ग र सृजना स्कुलका सन्देश लिम्बू म्यान अफ द म्याच घोषित भए । उनीहरुलाई डिपो स्कुल व्यवस्थापन समितीका सदस्य भिमराज लिम्वुले मायाको चिनो प्रदान गरे ।

भोलिको खेल पुर्व क्षेत्रिय प्रहरी स्कुल र सेक्रेटर हर्ट, विलीवर्स पाचकञ्य र महेन्द्र मेमोरियल दुहवि, लिटल फ्लावर र कार्मेल र धरान आदर्श र इस्र्टनबीच हुने आयोजकले जनाएको छ ।