सिरहा ।  जिल्ला सिरहामा विद्युत चुहावट रोक्न गएका दुई कर्मचारी कुटिएका छन् । सिरहा नगरपालिका वडा नम्बर १३ स्थित गम्हरीया फुलबरीयामा विद्युतचोरी नियन्त्रण गर्न पुगेको टोलीमध्ये सिनियर मिटर रिडर कामेश्वर कुसियैत र जुनियर हेल्पर अरुण यादव कुटिएका हुन ।
स्थानीय महिला र पुरुषले कर्मचारीलाई कुटे पछि उनीहरु भागेर बचेका थिए । सिरहा नगरपालिका वडा नं. १३ स्थित फुलबरीया गमहरियाका पवितर यादवको काकाको घरमा मिटर वाइपास गरी विद्युत उपयोग गरिहेको पाइए पछि नियन्त्रण अभियानमा खटिएका कर्मचारी, सुरक्षाकर्मी (नेपालप्रहरी र सशस्त्र प्रहरी) को संयुक्त टोली पुगेको समयमा स्थानीय महिला, युवाहरु मिली हातपात गरेको हेल्पर यादवले बताए । पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समुहले लाठी, मुक्कालगायतले कुटपिट गरी धाइते बताएको पिडित कर्मचारी यादवले बताए ।
घाइते जुनियर हेल्पर अरुण यादवलाई सिरहा अस्पतालमा उपचार पछी घर फर्केकका छन् । सिनियर मिटर रिडर कामेश्वर कुसियैतलाई थप उपचारको लागि विराटनगरस्थित न्यूरो हस्पिटल लगिएको नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख अवधेश दुवेले जानकारी दिए ।