इटहरी । ऐलानी जग्गा हडपेर बनाईएको नेपाल डिभिएम ग्लोबल एकेडेमी (नेपाल दयानन्द वैदिक मिसन)को चौरमा जनता पार्क निमार्ण गरिने भएको छ । बिहीबार १ सय १ बर्षे बृद्ध भानुभक्त लम्सालले धुपीको विरुवा रोपेर जनता पार्क उद्घाटन गरे ।
मुख्यमन्त्रि शेरधन राईले उद्घाटन गर्ने भनिए पनि जग्गा विवादको कारण उद्घाटनमा राई उपस्थित नभएको बताइएको छ ।
३ बिघा जग्गामा ५० लाख बढीको खर्चमा ०७६ सालसम्ममा पार्क निर्माण हुने उपमहानगरले जनाएको छ । ‘सो जग्गामा भ्यु टावर र धरहरासहितको आकर्षक पार्क बन्ने छ–मेयर चौधरीले भने ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सांसद सर्वध्वज साँवाले जनता पार्कको विरोध गर्नेहरु विकास विरोधी भएको आरोप लगाए । इटहरी सरकार आफै निर्णय गरेर काम गर्न सक्छ । विकासको काममा विरोध गर्नुको कुनै तुक नभएको उनले बताए । कार्यक्रममा बोल्दै नेकपाका नेता रेवती घिमिरेले जनताको हितमा पार्क बनेको बताए । इटहरीमा यस्ता पार्क अत्यन्तै आवश्यक रहेको उनको भनाई थियो ।
वडा नम्बर ६ का अध्यक्ष दिपक गौतमले क्रिकेट खेल मैदान अन्यत्र सार्ने भनि बुधबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको बताए । उनले त्यसका लागि जग्गा फेला परिसेकेको पनि बताए ।
मेयर र उपमेयर तथा तत्कालिन एमाले पार्टीमासमेत विवाद भए पछि मुख्यमन्त्री राई उपस्थिति नभएको एक नेकपाका नेताले बताए । इटहरी यपमहानगरकी उपमेयर लक्ष्मी गौतमले पार्क बनाउँने विषयमा मेयरले आफु खुसी गरेको आरोप लगाएकीछन् ।
बुधबार बसेको कार्यपालिकाको ३३ औं बैंठकमा समेत उपमेयर सहभागी भईनन् । त्यसैगरि इटहरी ५ मा एमालेबाट निर्वाचिचत वडा अध्यक्ष कल्याणबहादुर कार्कीले बुधबारको कार्यपालिका बैंठकमा नोटअफ डिसेन्ट लेखेको बताइएको छ ।