धनकुटा/धनकुटा जिल्ला स्तरीय प्रथम अध्यक्ष भलिबल प्रतियोगिताको उपाधि साँगुरीगढी गाउँपालिकाले जितेको छ ।

छथर गाउँपालिकाको आयोजनामा बिहिबार सम्पन्न फाइलनमा साँगुरीगढी गाउँपालिकाले पाख्रिबासलाई सोझो ३ सेटमा हराउँदै उपाधि जितेको हो । साँगुरीगढीले पाख्रीवासलाई २५–१६,२५–२२ र २५–१७ को सोझो सेटमा हराउँदै नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गरेको छ । उपविजेता बनेको पाख्रीवासले नगद ३० हजारसहित ट्रफी, मेडल प्राप्त गरेको छ । बिजेता टिमलाई प्रदेश १ का प्रमुख गोबिन्द सुब्बा, प्रदेश सभासद् निरन राई, गाउँपालिका अध्यक्ष शेरबहादुर राईले पुरस्कार वितरण गरे ।

खेलको सर्वोत्कृष्ट खेलाडी, बेस्ट स्पाइकर र बेस्ट सर्भिसको टाइटल क्रमशः साँगुरीगढीका आतेस मगर, आतेवा मगर र रोशन बिकले पाए । बेष्ट डिफेन्स पाख्रिबासका शरण कार्की र बेस्ट लिफ्टरको टाइटल छथरका बुद्धिराज लिम्बूले जितेका छन् । प्रतियोगितामा चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाबाहेक घरेलु २ टोली सहित ५ स्थानिय तहका ६ वटा टिम सहभागी रहेको खेलकुद विकास समितिका अध्यक्ष चन्द्र लिम्बूले जानकारी दिए ।

कार्यक्रममा धनकुटा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, इन्स्पेक्टर सुरेन्द्र बहादुर गुरुङ, शसस्त्र प्रहरीका डिएसपी बालकृष्ण श्रेष्ठ, सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, चिया उत्पादक सहकारीका अध्यक्ष ईन्द्र सारू मगरको उपस्थिति रहेको थियो ।