स्क्रब टाइफसबाट एकको मृत्यु पथरीमा भेटियो दुई डेङ्गुका बिरामी

alt
  • मंसिर २०, २०७५
  • ४३५ पटक पढिएको
  • भूपेन्द्र तिम्सिना

पथरीशनिश्चरे/मोरङको पथरीशनिश्चरेमा ‘स्क्रप टाइफस’ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

‘टिक’ नामक किराको सङ्क्रमणबाट हुने ‘स्क्रप टाइफस’ बाट पथरीशनिश्चरे–३ का ४१ वर्षीया रामप्रसाद (कृष्ण) पोखरेलको मङ्गलबार ज्यान गएको हो । शुरुमा ज्वरो आएपछि जाँच गर्दा ब्याक्टेरियाले फोक्सो र मुटुमा असर पार्न थालेको भन्दै ग्राण्डी अस्पतालमा १४ दिने राखेर उपचार गरिएको थियो ।

त्यसपछि शिक्षण अस्पतालमा असोज १२ गतेदेखि उपचारका क्रममा २ महिनापछि निधन भएको हो । उनलाई उपचारका क्रममा १ महिना १४ दिन भेन्टिलेटर र अति सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको आफन्त अर्जुन काफ्लेले जनाए ।

उनको उपचारमा ऋणपान गरेर ३० लाख बढी रकम सकिएको उनकी श्रीमती चन्द्राले रुँदै भनिन् ‘सवै ऋण काढेर उपचार गरियो । तर नि उहाँलाई वचाउन सकिएन ।’ सामान्य किसान परिवारका उनको निधनपछि ४ जनाको परिवार समस्यामा छ ।

स्वास्थ्य मन्त्रालयमा कार्यरत अधिकृत चन्द्रदेव मेहेताले भनें व्याक्टेरियाबाट हुने‘स्कप टाइफस’ समयमै उपचार हुँदा निको हुने जनाए । पथरीशनिश्चरे नगरमा गत वर्षदेखि डेंगु रोगी फेला पर्ने क्रमले यस वर्षपनि निरन्तरता पाएको छ । पछिल्लो पटक नगरको वडा नम्वर १० जिरिखिम्तीका ६० वर्षीय ज्ञानबहादुर दहाल डेंगु रोगको संक्रमणमा परेका छन् ।

जिउ दुखेर ज्वरो आएको अवस्थाका उनलाई उर्लावारीस्थित मंगलबारे अस्पतालमा चेकजाँचका क्रममा डेंगु प्रमाणित भएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको थियो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट डेंगु रोग सर्दछ । गत वर्ष वडा नम्वर १ को पथरी बजार क्षेत्रमा २ जनालाई डेंगु र २ जनालाई औलो देखा परेको थियो ।

करणी गरेको आरोपमा यु ...

तेह्रथुम /  आठराई गाउँपालिका ४ ईवाबाट प्रहरीले जवर ...

‘सा रे गा मा पा..... ...

धरान / नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभी ...

दुवईअवार्डकाे दावेदा ...

धरान /  धरान १५ स्थित केके इन्टरनेसनल स्कुलले आप्m ...

तेस्रो देशमा भाषा जो ...

पथरीशनिश्चरे / तेस्रो मुलुक पुनर्वास भएका भूटानी स ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved