विजयपुर / पर्यटनको माध्यमबाट आफ्नो ठाउँलाई परिचित गराउन यस बर्षदेखि उदपुरको बेलका नगरपालिका वडा नं. ७ ले प्रथम मैनामैनी पर्यटन महोत्सवको आयोजना गर्ने भएकाे छ ।

महोत्सव आयोजक समितिले धरानमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष १ गतेदेखि ७ गतेसम्म महोत्सव आयोजना गर्न लागेकाे जनाएको छ ।

उदयपुर नगरपालिका वडा नंं ७ प्राकृतिक सुन्दरताले भरिपूर्ण मैनारानी र चम्पाकेशरी र महाङकाली देवीको पवित्र धार्मिक स्थलबारे देशभर प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनका लागि पहिलो पटक मैनामैनीमा महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक एवम्  वडा नं. ७ का वडाअध्यक्ष सुरेन्द्र राईले बताए ।

महोत्सवको मुख्य आकर्षणको रुपमा आयोजकले त्यस ठाउँका प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थल अवलोकनका साथ सो ठाउँमा साहसिक खेल प्रदर्शनलाई प्राथमिकतामा राखेर महोत्सव गरिने जनाइएको छ ।

उद्घाटनकै अवसरमा प्लाराग्लाइडिङ्बाट पुष्प वृष्टि गरिने छ । महोत्सव अवधि भरि महाेत्सवमा आएका आगन्तुकहरुलाई वेलका नगरपालिकामा पर्ने चम्पाकोटबाट दैनिक प्याराग्लाइडिङ उडान, प्याराग्लाइडिङ, कोशी टप्पु वन्य जन्तु आरक्षणमा दैनिक जंंगल सफारी, रानीटारबाट दैनिक र्याप्टिङ प्याकेज, कोशी नदीमा जलविहार, १ सय ७० फिट उचाईमा रहेको कोलोहोङ झरनाबाट क्यानोनिङका गराउनुका साथै त्यहाँका आकर्षक स्थलहरु टड्केला गुफा, हिमश्रृंखलालाहरुका दृश्यवलोकन, तीन नदि (त्रिवेणी) संगम स्थलका दृश्यावलोकन समेत गराइने भएको छ । धार्मिक पर्यटकीय स्थलले समेत धनी मानिएको मैनामैैनीमा अवलोकनका लागि आएकाहरुलाई त्यहाँ रहेका महत्वपूर्ण धार्मिक क्षेत्रको जानकारी गराउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बेलका नगरपालिकाले पाँचवटा कुरालाई प्राथमिकतामा राखेर नगरपालिकाको विकास गर्ने बताए उनले भने ‘नगरपालिकाले पर्यटन, कृषि, भौतिक पूर्वाधार, उद्योगको विकासमा बढी जोड दिनेछ । प्रथम मैनामैनी पर्यटन महोत्सव पनि यो भित्र पर्छ ।’

उनले मैनामैनी पर्यटनका लागि उद्गम स्थल भएकाे बताए । त्यसमा पनि अहिले महोत्सव गर्न लागेको वेलका नगरपालिका वडा नं ७ मा पर्न मैनामैनी आदिवासी जनजातिको बसोबास गर्ने क्षेत्र भएकाे बताए ।

यस्तै प्रदेस सदस्यीय अम्बिका थापाले मैनामैनी अत्यन्तै आकर्षक स्थल भए पनि त्यस ठाउँमा पुग्न यातायातको असुविधा अझै रहेको बताइन् । उनल भनिन् –प्रदेश नंं १ मा पर्ने उदयपुर जिल्लाको वेलका नगरपालिका वडा नंं ७ मैनामैनी पर्यटकीय दृष्टिले अत्यन्तै आकर्षक स्थल छ, यसको विकासमा प्रदश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’ महोत्सवले यहाँकोे प्रवद्र्धनमा ठूलो टेवा पुग्ने उनले बताइन् ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएको कृषि सामाग्री, स्थानीय खानाका परिकार लगायतका ३० वटा स्टल रहने छन् ।