लिस्बन /  क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ ।  विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आउनु भएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो । नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष सिता बरालले राससलाई जानकारी दिए । 
मृतक नेपाली तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित बनेकी थिइन् । उहाँका एक छोरा र एक छोरी छन् । उनका श्रीमान् प्रेम नेपाली लामो समयदेखि पोर्चुगलमा रहेर विभिन्न सामाजिक सङ्घ–संस्थामा आबद्ध भई सामाजिक गतिविधिमा सकृय रहदै आएका ५न ।  मृतक नेपालीको शव हाल राजधानी लिस्बनस्थित साओ ज्वोय अस्पतालको शव गृहमा राखिएको छ । उनको पोर्चुगलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ ।