संसार ठुलो छ तर ईन्टरनेटको माध्यमले हात मै संसार ,कम्प्युटर मै संसार भएर संसार सानो भएको छ । प्रजातन्त्र लोकतान्त्रिक गणतन्त्र पश्चात् सामाजिक संजाल र संचारमा निकै फड्को मारेको छ । ईन्टरनेट सुबिधा लिनेेको संख्या बढ्दो छ । स्मार्ट फोनको सुबिधा पश्चात् सबै खाले संचार माध्यम ,सामाजिक संजाल फेसबुक, ह्वाट्स अप, ट्विटर , इन्स्ट्राग्राम ,गुगल जस्ता प्लेटफर्ममा हुने सूचना प्रवाहलाई प्रयोगमा ल्याउन थाले । प्रबिधिको प्रत्येक नंयाँ लहरले उत्पादन र ज्ञान प्रतिको पहुँच बढाएको छ । प्रबिधिले बिश्वब्यापिकरण र अर्थतन्त्रलाई उर्जावान बनाएको छ । जीवनलाई सहज बनाएको छ । भौगोलिक र भौतिक रूपमा आफूबाट टाढा भएकोहरुलाई साथमा रहे जति कै भावनात्मक रूपमा जोडेको पनि छ ।
सयौ‌ समुन्द्र पार भएका आफन्तजनहरु हिजोआज यहीँ सामाजिक संजालकै माध्यमबाट भिडियो कल मार्फत  प्रत्येक्ष देखादेख गर्दै हेराहेर गर्दै भलाकुसारी गर्न सक्छन् ।

सामाजिक संजाल मार्फत आफ्नो कार्यक्रमको जानकारी ,बिजनेस प्रमोसन, गर्न सकारात्मक प्रयोग हुन पर्ने तर हाल सामाजिक संजालको सकारात्मक प्रयोग भन्दा नकारात्मक प्रयोग बढी भएको पाइन थालिएको छ । सामाजिक संजाल विशेष फेसबुक दुरुपयोग हुन थालेको छ  । फेसबुक मार्फत आफूलाई चित्त नबुझेको ब्यक्तिको चरीत्र हत्या गर्न ,सानो कुरालाई तिलको पहाड बनाएर उछितो काड्ने संजाल बन्न थालेको छ । फेसबुक म्यासेन्जर र भाइबरमा अपरिचित ब्यक्तिले बोलाउदा नबोलेको कारण फ़ोहोर शब्द प्रयोग गर्ने ,अश्लिल तस्वीर पठाउने, यौनिक हिंसा हुने गरेको पाइन्छ । महिला अनलाइन देख्ने बित्तिकै यौनजन्य कुरा नै गर्न पर्छ भन्ने आशयका साथ मध्यरातमा बोल्न खोज्नेहरुको स‌ख्या पनि धेरै हुन्छ । 
ईन्टरनेटमा बसेर काम गर्ने कामकाजी महिलालाई सामाजिक संजालमा हिंसा हुने गरेको धेरै पाइन थालेको छ ।

सामाजिक संजालमा अधिकांस गाली बेइज्जत ,चरित्र हत्या महिलाको नै गर्ने गरिन्छ । यसले ती महिलाको घरमा परिवार र समाज भित्र कति नराम्रो असर गरेको हुन्छ ती भोग्ने महिलालाई मात्र थाहा छ । मैले त मेरो गुरुलाई खुट्टा मर्किएको बेला औषधी लगाइदिएको भनेर स्पष्टिकरण कति ठाउँमा ,क कसलाई मात्रै दिन पर्यो ,उनले त्यो पिडा अहिलेसम्म पनि भोगिरहेको छिन । त्यो पेजमा उनको र गुरुको फोटोको चरित्र हत्या हुने गरिको फोटो शिर्षक ,फोटो  तल गरिएका कमेन्टहरुले निकै लामो समयसम्म निदाउन समेत नसकेको अवस्था थियो । त्यो फोटो हटाउन अनुरोध गर्दा पनि हटाउन नमानेपछि प्रहरी परिसर टेकुमा झन्डै एक महिना अगाडि एक नर्सिङ क्याम्पसमा अध्यापन गराउदै गरेकी नर्स पेशामा रहेकी एक युवा महिलाले आफ्नो गुरुको खुट्टा मर्किएको अवस्थाको तस्विरलाई उनको श्रीमानको फेसबुक एल्बमबाट लिएर बदनाम हुने स्टाटससहित तस्विरको दुरुपयोग गरे ।  ती महिलाको उजुरीका आधारमा उक्त तस्विर पोस्ट गर्नेलाई चरीत्र हत्याको आरोपमा साइबर क्राइम कसुर अन्तर्गत  एक लाख धरौटीमा छोडिएको छ भने ,उक्त पेजका एडमिनलाई  बीस हजार धरौटीमा रिहा भएको समाचार व्यापक भएको थियो । 
यस्तै एक अनलाइनमा आफुलाइ कोहि गुरुको शिष्य हु, महिला अधिकारकर्मी भन्ने एक महिलाले दुरासयपुर्ण बिना प्रमाणका फोहोरी अश्लिल शब्दहरु सहितको अभिव्यक्ति भएको अन्तर्वार्ताले त्यो संस्थासँग आवद्ध आम महिलाहरुलाई नै नकारात्मक असर परेको पाइन्छ । कुनै पनि ब्यक्तिले आफुले सोसल मिडियामा बोलेको कुराको जिम्मेवारी लिन सक्नुपर्छ । कपोकल्पित कुरा बोलेर सबैलाई तनाव दिन हुदैन । आरोप लगाउने महिला विरुद्ध काठमाडौ जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको छ, तिनी मोबाइल अफ गरेर ,सामाजिक संजाल प्रयोग नगरेर लुकिछिपी बसीरहेकी छन् । 
त्यो प्रतिष्ठित संस्थामा सहभागी हुने महिला सबै त्यहीँ गलत प्रकारको हुन्छन् कि भन्ने भ्रम पैदा गराउनाले अहिलेसम्म पनि मानसिक तनावमा रहेको अवस्था छ । त्यो संस्थासँग आवद्ध महिलाहरुले विभिन्न खाले प्रश्नहरुको सामना गर्दै हिड्नु परेको अवस्था छ । उल्टै १६ दिने अभियानको नाममा हजारौं महिलाहरुलाई मानसिक हिंसा गराइरहेको छिन ।

सार्वजनिक नैतिकता र शिष्टचार विरुद्धका सामग्रीहरु प्रसारण गर्न नहुने ,कसै प्रति द्वैस घृणा फैलाउने ,कुनै पनि जातजाति ,सम्प्रदायको बीच सम्बन्धमा भ्रामक अभिव्यक्ति सार्वजनिक गरेर खलल पुर्याउने, भ्रम फैलाउन मद्दत गर्ने सामग्री प्रकाशन, प्रसारण वा प्रदर्सन गर्न नहुने स्पष्ट हुँदा हुँदै भ्रामक कुरा फैलाएर महिलाले नै महिला माथि हिंसा गरिरहेको अवस्थामा बिधुतीय कारोबार अपराध ऐन अन्तर्गत कार्वाही गरेर यस्ता हिंसाबाट मुक्त गराउन पर्छ ।
बिद्युतीय कारोबार ऐनको  दफा ४७ को उपदफा १ मा कम्प्युटर , ईन्टरनेट लगायत बिधुतिय संचार माध्यमबाट प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने सामग्री सार्वजनिक गर्न नहुने उल्लेख छ तर यो साइबर ल माथि सम्बन्धित निकायको ध्यानाकर्षण भएको देखिदैन । जसलाई जसको बारेमा जे बोल्न र लेख्न मन लाग्छ सबै कुरा सार्वजनिक गरिरहेका छन् ।  बिद्युतीय कारोबार ऐन पत्रकारीता सग आबद्ध ब्यक्ती वा संस्था लाई पनि लागु हुन पर्छ जस्ले भ्रम फैलाएर महिला माथी हिंसा गरिरहेको हुन्छन् ती सबैलाई कानुनको दायरामा ल्याएर हदैसम्मको सजायको भागेदार बनाउन पर्छ । नत्र अर्काको बदनाम गर्नेहरु मौलाइ रहन्छ्न ,महिलाहरु पिडा सहिरहन बाध्य हुनेछन् । तसर्थ संचार मंत्रालय नेपाल् सरकारले साइबर क्राइम अर्थात बिद्युतीय कारोबार ऐनलाई प्रभावकारी बनाएर नियन्त्रणमा ल्याउनु जरुरी छ । महिलाहरु सामाजिक प्रतिष्ठाका कारण पनि यस्ता हिंसाको उजुरी गर्न जादैनन । त्यस कारण पनि यस्ता हिंसा गर्ने पिडकहरु उत्साहित भैरहेको छन् । नेपालमा साइबर ल पनि छ भन्ने अवगत हुन जरुरी छ ।

सामाजिक संजाललाई नियन्त्रण गरेर प्रयोगकर्ताहरुलाई नियन्त्रणमा राख्न विभिन्न निति नियम बनाएर चेतनामूलक जानकारी दिने नियमकारी ब्यवस्थाको प्रत्याभूत दिन ऐनहरु जटिल खालको ल्याउनु जरुरी छ ।