विजयपुर/ १५औ ललित अमर डिपोकपमा लिटलहर्ट स्कुल र महेन्द्र ममोरियल दुहवि सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो क्वाटर फाइनल खेलमा लिटल फ्लावर्सले विष्णु स्कुललाई १–० र महेन्द मेमोरियल दुहविले पनि इस्र्टन स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा लिटल फ्लावर्सका जोलिन राईले गोल गरेका थिए ।

उक्त खेलमा विष्णु स्कुलका तान्छोहाङ्गमा लिम्बू म्यान अफ द म्याच घोषित भए ।

दास्रो खेलमा महेन्द्र मेमोरियलका सुजन सरदारले गोल गरे । खेलको म्यान अफ द म्याच इस्र्टनका व्रनिल विके घोषित भए । सोहि दिन भएको प्लेट च्याम्पियन तर्फको खेलमा विलिवर्स स्कुल पञ्कन्याले शत्यसिसु स्कुललाई २–० गोल अन्तरले र धरान आदर्शले कार्मेललाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

भोलिको खेल डिपो कप तर्फ पहिलो सेमिफाइनल खेल पुलिस र लिटल फ्लावर्स, आइडल स्कुल र महेन्द्र मेमोरियल स्कुल बीच हुनेछ । त्यस्तै गरि प्लेट तर्फ पहिलो सेमिफाइनल खेल डिपो स्कुल र विलिवर्स, सेक्रेटहर्ट र धरान अदर्श बीच हुनेछ ।