वि.सं. २०७५ साल मंसिर २३ गते। आइतबार। इश्वी सन् २०१८ डिसेम्बर ९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– द्वितीया, १४:३३ बजेउप्रान्त तृतीया। नक्षत्र– मूल, ७:५९ बजेउप्रान्त पूर्वाषाढा। योग– गण्ड, २१:३८ बजेउप्रान्त वृद्धि। करण– कौलव, १४:३३ बजेदेखि तैतिल, २७:२२ बजेउप्रान्त गर। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:४४ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २५ घडी ५८ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रु पराजित हुनेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जाला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । शुभ–अशुभ समाचार सुनिएला । मित्र संग मीठो भेट–घाट रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामान हराउने वा चोरी हुने भयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रीय व्यक्तिसंग भेट घाट होला । धैर्य गरी मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ । मिष्ठान्न भोजन मिल्नेछ । व्यवसायबाट लाभ होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा समस्या आउला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । चिन्ता बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा सङ्का उत्पन्न हुनेछ । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । प्रेमीको सहयोग पाईनेछ ।