जिरोपोइन्ट /  धरान १५ बगरकोटमा रहेको एमएच विविक्यु हाउसले एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाको शिक्षाको लागि सहयोगार्थ “डिजे मलिक स्याडो च्यारीटि नाइट”को आयोजना गर्ने भएको छ ।
एमएचको आयोजना र धरान पोजिटिभ समूहको सहकार्यमा यही पौष ६ गते शुक्रबार एमएचमा उपस्थित पाहुनाहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक कार्य गर्ने उक्त कार्यक्रमको आयोजना गर्न लागिउको एमएचका प्रोपाइटर जीवन लिम्बुले जानकारी दिए ।
कार्यक्रमबाट उठेको रकमबाट न्युनतम २५ हजार रूपैयाँ धरान पोजिटिभ समूहको मातहतमा रहेको एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाको शिक्षाको लागि हातेमालो अक्षयकोषका लागि हस्तान्तरण गरिने लिम्बुले बताए ।
समाजमा रहेको डिजेइङ्ग प्रतिको नकरात्मक सोचलाई परिवर्तन गरी डिजेइङ्ग पनि एउटा कला हो भनि समाजमा सकारात्मक सन्देश दिनका लागि डिजे च्यारीटि नाइटको आयोजना गरीएको डिजे मलिकले बताएका छन् ।
कार्यक्रममा पूर्वाञ्चलकै चर्चित डिजे मलिक स्याडोको डिजेइङ्ग म्युजिक भियडियोको विमोचनसंगै उनको डिजेइङ्ग प्रस्तुति रहने छ । साथमा धरानका कलाकारहरू जोन एण्ड जोन, समिता लिम्बु, सिंहबहादुर मादेन, शुभलक्ष्मी राईलागायतको अनप्लग लाईभ म्युजिकको प्रस्तुति समेत रहनेछ ।