श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर २४ गते सोमबार, १० डिसेम्बर २०१८ । मार्गशिर्ष शुक्लपक्षको तृतीया तिथि १६ः१६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वषाढा १०ः५ बजेसम्म उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः४५ र सूर्यास्त ५ः०८ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
सुन चाँदी तथा जग्गा जमिन तथा काममा रुची बढ्नेछ । महिला मित्रको सहयोग प्राप्त भइरहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । कार्य व्यवसायमा विघ्न वाधाहरु आइपर्न सक्छन । अरुको काममा बढी समय दिनुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । रमाइलो वातावरणमा दिन वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन अध्यपानमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक क्षेत्रकाे काममा रुची बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धि समस्याले निकै सताउला । सानो कामको लागि ठूलै धनराशि खर्च होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा रुची बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । रमणिय स्थानको भ्रमण हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ । लाभदायी यात्राको अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । महिलामित्रको सहयोगमा नया“ कार्य थालनी होला । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । लामो समयदेखि रोकिएका कामकाजहरु सुचारु हुनेछन् । धार्मिक तथा सामाजीक क्षेत्रमा विशेष स्थान रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।