विजयपुर / धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको सीमा क्षेत्रका पर्यटकीय क्षेत्र तथा ऐतिहासिक क्षेत्रको संरक्षण, सम्ंबद्र्धन गर्न एकमत भएका छन् ।
आइतबार धरानउपमहानगरपालिकाको पर्यटन विकास समिति र साँगुरीगढी गाउँपालिकाका प्रतिनिधिहरूबीच एकमत भएको हो । धरान उपमहानगरपालिका पर्यटन विकास समिति समितिका सह संयोजक किशोर थुलुङले धरान र साँगुरीगढीका आकर्षक गन्तव्य स्थलको विकासमा दुवै स्थानीय तहले सहकार्य गरेर अघि बढ्न सके सार्थक सार्थक परिणाम आउने बताए । उनले भेडेटार ,साँगुरीगढी, चाँदी भञ्ज्याङ, सुकेआहाल, झण्डी डाँडा लगायत पर्यटकिय÷गन्तब्यक्षेत्रको विकास सयुक्त रुपमा गर्नुपर्ने सुझाव दिएका थिए ।
साँगुरीसाँगुरीगढी गाउपालिकाका अध्यक्ष कुमारजंग याख्खाले गाउपालिकाको विकासका लागि तयार पारिएका योजनाहरुमा पर्यटनलाई प्राथमिकतामा राखेको बताए । उनले भने– धरानसँग सहकार्य गर्ने बिषयमा आफुहरु उत्साहित भएका छौं । यसले सार्थकता पाउला भन्नेमा हामी विश्वस्त छौं ।’ होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले सहकार्य गरेर अगाडि बढ्दा दुवै स्थानीय तहलाई फाइदा पुग्ने भएकोले आफूहरुले यसमा सकात्मक रुपमा लिएको बताए ।