दमक / झापाको दमकमा बजार क्षेत्रमा एकतर्फी सवारी सञ्चालन गर्ने निर्णय कार्यान्वय नहुँदै विवादमा फसेको छ ।
स्थानीय व्यवसायीले तत्काल एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागू गर्न नहुने भन्दै विरोध जनाएपछि बिवादमा फसेको हो । दमकको मुख्य चोकबाट पूर्व जेसीज चोकबाट बजार प्रबेश गर्ने सडकमा एकतर्फी यातायात सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर यो निर्णयका बिरुद्धमा जेसीजचोकदेखी पूर्व बजार प्रबेश गर्ने सडक खण्डमा पर्ने फर्निचर लाईनका व्यवसायीले आपत्ती जनाएका छन् । स्थानीय व्यवसायी अनुप दाहालले उक्त क्षेत्रका व्यापारीसँग सल्लाह नगरी समितिले एकलौटी रूपमा एक तर्फि यातायात चल्ने नियम लागु गराउन खोजेका बताए । दाहालले भने ‘हामी नै उपभोक्ता भएको बाटो एक तर्फि हुँदैछ भन्ने कुरा माईकिङ बाट मात्र थाह पाउनु पर्यो ।’

नगरको यातायातलाई व्यवस्थीत पार्नका लागि नगरपालिकाले यातायात व्यवस्थापन समिती गठन गरेको छ । यो समितीमा व्यवसायी, जनप्रतिनिधी, टूाफिक प्रहरी , प्रहरी लयागतका प्रतिनिधीहरु रहेका छन् । सबैको सल्लाह र योजना अनुरुप नै दमक जेसीज चोकबाट बजार प्रबेश गर्ने फर्निचर लाईनमा एक तर्फि यातायात स१चालन गर्ने निर्णय गरिएको थियो । तर यो निर्णयमा स्थानीयसँगको परामर्ष नै नगरि समितीले एकलौटी एक तर्फि यातायात चलाउने निर्णय गरेको भन्दै स्थानीयले त्यसको बिरोध गरेका हुन । स्थानीय पाथीभरा टोल बिकास सस्थाका अध्यक्ष पर्शुराम गिरी अव एक मुठो साग किन्न १० रुपैँया बोकेर जानु पर्ने भयो भन्दै सांकेतिक रुपमा बिरोध गरे । एक तर्फि मात्र सवारी चल्ने भएपछि फर्निचरको बाटो भएर बजार जान पाउने तर फर्कन चाहि नपाउने फर्कदा अर्कै बाटो फर्कनु परेपछि यहाँको ब्यापार व्यवसाय धरासयी बन्ने भन्दै स्थानीयहरुले बिरोध गरेका हुन् ।

समितीले एक तर्फि यातायात सञ्चालन गर्ने निर्णय गरेपछि त्यसको बिरोध गर्दै स्थानीयले वडा कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । आईतवार उनीहरुले नगरपालिकालाई समेत बोधार्थ गरि ज्ञापन पत्र बुझाएका हुन । तर वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापा भने यो सडक खण्डमा यातायातको चाप बढेको र दुर्घटनाको जोखीम बढेकोले एक तर्फि यातायात सञ्चालन गर्ने निर्णय गरेको बताए । दमक उद्योग बाणिज्य सघंका अध्यक्ष राजेन्द्र ढकाल भन्छन्, ‘यो सडक मात्र हैन दमकका अधिकांश सडकमा सवारीको चाप बढेको छ । बढ्दो सवारीको चापबाट हुने जोखिमलाई कम गराउन नगरपालिकाले गर्न लागेको निर्णयाको सबैले स्विकार गर्नु पर्ने उनको भनाई छ ।

यो सडक खण्डमा बिहान ९ बजे देखी साँझ ५ बजे सम्म ठुला सवारीको प्रबेश निषेध गर्ने, मोटर साईकल तथा सिटि सफारि समेत एक तर्फि मात्र चल्न पाउने तर साँझ ५ बजे पछि भोलीपल्ट बिहान ९ बजे सम्म भने सबै खाले सवारीका साधन चल्न पाउने नियम बनाइएको दमक नगरपालिका द्धारा गठित यातायात तथा पार्किङ व्यवस्थापन समितीका अध्यक्ष प्रजापति सापकोटाले बताए ।