यासोक । गाउँपालिकामा पहिलो पटक बस देख्दा स्थानीय नरमान थापा दंग थिए । घर अगाडी नै बसले हरन लगाउँदा उनि सहित सबै परिवारका सदस्य बस हेर्न बाहिर निस्कीए । उनि मात्रै हैन गाउँ–गाउबाट बस हेर्न पुगेका स्थानीयहरु गाउँमा बस गुढ्दा मख्ख थिए ।

पाँचथरको लक्षिणी तुम्बेवा गाउँपालिकामा आइतबार देखिएको दृश्य हो यो । गाउँपालिकाको केन्द्र मौवा बजारमा बस सेवा सञ्चालन आएपछि स्थानीयवासीले बसको भब्य स्वागत गरेका छन । गाउँपालिकाले बस सेवाको एक कार्यक्रमका बीच उद्घाटन गरेको छ । गाउँपालिकाको केन्द्रबाट झापाको दमकसम्म दैनिक दुई वटा बस सञ्चालन हुने भएका छन । गाउँपालिकाबाट बिहान ६ बजे झापाको लागि बस छुट्ने र झापाको दमकबाट दैनिक ७ बजे गाउँपालिकाका लागि बस छुट्ने तुम्बेवा गाउँपालिकाका काउटर ईन्चाज बिजय कटुवालले बताए । कटुवालका अनुसार गाउँपालिकाको केन्द्रबाट रबि, लारुम्बा सडक हुदै झापाको दमकसम्म बस संचालन गर्ने छ ।

मौवा–दमक ७३ किलोमिटर सडकको ६ सय ५० रुपैयाँ भाडा निर्धारण गरिएको छ । स्थानीयवासीले अब नियमित बस सेवा लिन पाउँछन कटुवालले भने । गाउँपालिकाको आग्रहमा फाल्गुनन्द बस व्यवसाही संघले २ वटा बस सञ्चालनमा ल्याएको हो ।

स्थानीयले यसअघि ट्याक्सीबाट तराई आवतजावत गर्ने गर्थे । बस भन्दा महंगो भाडा बुझाएर स्थानीय गाउँपालिकाको केन्द्रबाट झापा, सुनसरी र मोरङका बिभिन्न स्थानमा आवतजावत गर्दै आएका छन । साना सवारी साधनले बढि भाडा लिएको समाचार पत्रपत्रिकामा प्रकाशनपछि गाउँपालिकाको सहयोगमा फाल्गुनन्द बस व्यवसाही संघले बस सेवा सञ्चालनमा ल्याएको हो ।

स्थानीयलाई यातायातको पहुँचमा ल्याउन कम भाडामा बस सेवा संचालन गरेको छ । गाउँपालिकाबाट दमकसम्मको ट्याक्सी भाडा ८ सय रुपैयाँ रहेको छ भने बसको भाडा ६ सय ५० मात्र तोकीएको छ ।

साना सवारी साधनको भन्दा ठुला सवारी साधनको भाँडा सस्तो हुने भएकाले स्थानीयवासी लाभान्वित हुने गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । गाउँपालिकामा पहिलो पटक बसको उत्घाटन कार्यक्रममा बोल्दै थापाले गाउँपालिकावासीलाई कम भाडामा तराई झर्न सहज होस भन्ने उदेश्य बस सेवा सञ्चालनमा ल्याएको बताए ।

‘बस सेवा संचालन गर्नका लागि गाउँपालिकाले मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारसम्मको ३२ किलोमिटर सडकको स्तरउन्नती गरेका छौं । मिक्लाजुङ गाउँपालिकादेखि लारुम्बा दमक सडक खण्डमा नियमित ठुलासवारी साधन निर्वाहक रुपम संचालनमा छन । यसले गर्दा हामीलाई बस सन्चालन गर्न सहज छ थापाले भने ।

तुम्बेवा गाउँपालिकाको केन्द्र मौवाबाट धरान, सुनसरी, बिराठनगर र झापाका व्यपारीक केन्द्रमा साना सवारी साधन संचालनमा छन् । गाउँपालिकामा दैनिक उपभोग्य बस्तुहरु ट्याक्टर र पिकअपबाट ढुवानी हुने गर्दछ । राँके–रवि सडक खण्ड पिच हुने भएपछि गाउँपालिकामा ठुला सवारी साधन सञ्चालनमा थप सहजहुने गाउँपालिकाले जनाएको छ ।