विजयपुर/ १५ औँ ललित अमर डिपो कपको उपाधि महेन्द्र मेमोरियल, दुहवीले जितेको छ । सोमबार भएको फाइनल खेलमा महेन्द्रले पुलिस स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतिष्पर्धात्मक खेलमा महेन्द्रका प्रसुन बस्नेतको एक मात्र निर्णायक गोलले महेन्द्र मेमोरियललाई जित दिलायो । बस्नेतले पहिलो हाफको २३औँ मिनटमा आफ्नो टिमका तर्फबाट १ गोल गर्न सफल भएका थिए ।

निर्धारित समय सम्ममा दुबै तर्फ गोल हुन नसकेपछि प्रसुनको गोल नै निर्धारित बनेको होे । उपाधिसँगै महेन्द्रले नगद दश हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको पुलिस स्कुलले नगद ५ हजार , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्योे ।

त्यस्तै गरी तेस्रो उपाधि विजेता आइडल स्कुलले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो स्थनको उपाधिको लागि र प्लेट च्याम्पियनको खेल अघिल्लो दिन आइतबार नै सम्पन्न भएको थियो ।

प्लेट च्याम्पियनको फाइनल खेलमा डिपो स्कुलले सेक्रेटहर्ट स्कुललाई ९–० गोल अन्तरले र डिपो कपको तेस्रो उपाधिका लागि भएको खेलमा आइडल स्कुलले लिटल फ्लावर्स स्कुललाई १–० गोल अन्तरले पराजित गरेका थिए ।

प्लेट च्याम्पियन डिपो स्कुलले नगद ३ हजार रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो हुनेले नगद २ हजार , ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

१५ औँ डिपो कपको उत्कृष्ट खेलाडी महेन्द्र स्कुलका प्रनिस न्यौपाने घोषित भए । उनले नगद १ हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । बेस्ट डिफेन्स महेन्द्र स्कुलका अविषेक गुरुङ्ग, हाइ स्कोरर महेन्द स्कुलका सुजन सरदार, बेस्ट गोल किपर नेपाल पुलिस स्कुलका गोलकिपर प्रशान्त पौडेल, प्रतियोगिताका उदयमान खेलाडी डिपो स्कुलका विनायक उराउ घोषित भएका छन् ।

त्यसैगरी सन्जिव राइजिङ प्लेयर अफ डिपो स्कुल उपाधि सृजन मगर घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्बू, कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद उमिता बराइली, क्याम्स प्रमुख राजकुमार राई, डिपो कप संयोजक तथा व्यवस्थापन समिति सदस्य भिमराज लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए ।