इटहरी इटहरीको एक होटलबाट भारतीयसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा यौन धन्दा भईरहेको सूचना पाए पछि प्रहरीले छापा मारेको थियो । युवतीहरुलाई भारतीय ग्राहक भिडाएको प्रहरीले जनाएको छ । एउटै कोठामा बस्ने महिलालाई ग्राहकहरु बोलाई यौनक्रिडा गराउँने गरेको इन्स्पेक्टर बुद्धि चौलागाईले बताए । एउटै महिलालाई पालै पालो धेरै जनाले यौनसम्पर्क गर्ने गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पैसाको प्रलोभनमा एक रातको ४ हजार भारतीय रुपैयासम्म दिने गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको इन्स्पेक्टर चौलागाईले बताए । उनले भने बस्तुको भाउमा महिला विक्रि भईरहेको पाईयो उनले भने । भारतीयहरुबाट धेरै पैसा लिएर होटलमा यौनधन्दा गरेका रहेछन ।’– उनले भने ।

यौनधन्दामा संलग्न भारत पट्ना ४ बस्ने बर्ष २८ को रविकान्त निराला, कटियारका प्रभाकर कुमार साह,सुमनकुमार मण्डल, सुपौल कटैया दिपेशकुमार मेहता, कटियार ललनकुमार मण्डल ,कुन्दन कुमार ठाकुर, बिजय केवड ,निरजकुमार मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै सप्तरी कन्चनरुपका योगेन्द्र मालाकार, इटहरी २ का रविन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटल रविन साहले संचालन गदैं आएका थिए । त्यसैगरी युवतीको व्यवस्था गर्ने समूहमध्येकी मोरङको केराबारी– १० की तीर्थमाया भुजेल र साथी बनी बोलाउने धरान– ८ की २२ वर्षीया सीमा मगरलाई समेत पक्राउ गरि मुद्धा दायर गरेको छ । उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको स्कारपियो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।