विराटनगर/ निजी तथा आवासीय विद्यालय नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित भएका छन् ।

बस्नेतले ४० मत अन्तरले उनका निकटतम प्रतिद्वन्द्वी सुनिल पौडेललाई पराजित गरेका हुन् । चुनावी मतपरिणाम अनुसार बस्नेत समूहको प्यानलै निर्वाचित भएको हो । वरिष्ठ उपाध्यक्षमा सीतला सुब्बा, महिला उपाध्यक्षमा रीना थापा निर्वाचित भए ।

खुल्ला उपाध्यक्षमा भक्तराज सुब्बा र सुभाष राई, सचिवमा प्रेमलालसिंह सुवाल, कोषाध्यक्षमा जगतबहादुर बस्नेत, महिला सह–सचिवमा मनकुमारी गुरुङ निर्विरोध निर्वाचित भइन् । दुई सह–सचिवमा बस्नेत समूहका सीएम रिजाल र विष्णु दङ्गाल निर्वाचित भए ।

सह–कोषाध्यक्षमा देवी सिटौला निर्वाचित भए ।  सदस्यमा अमृतप्रसाद ढकाल, गोविन्द्रबहादुर कार्की, केदार पौडेल, इन्द्र सुब्बा, नगेन्द्रप्रसाद ढकाल र दीपेन्द्र कर्ण निर्वाचत भए । त्यसैगरी १६ औं महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा समेत बस्नेत समूहकै वर्चस्व छ ।