धरान/ पिण्डेश्वर विद्यापीठ धरानको ६७ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइदै छ ।

मङ्सिर २७ गते वार्षिकोत्सव पछ । विद्यापीठ परिषद्को बैठकले विद्यापीठका प्राचार्य प्रा.डा. चन्द्रमणि नेपालको संयोजकत्वमा साहित्य, खेलकुदलगायतको उपसमिति गठन गरेको छ । विद्यापीठको साहित्यिक उपसमितिले नेपाली आशुभाषण र संस्कृत श्लोकान्ताक्षरी कार्यक्रम सम्पन्न गरेको छ ।

धर्म, संस्कृति, प्रकृति, समाज, राजनीति, साहित्य, शिक्षा आदि विविध विषयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमा विद्यार्थीहरूले तत्काल नै आश’भाषणमार्फत आआफ्नो धारणा अभिव्यक्त गरेका थिए । कार्यक्रममा नरेन्द्र ढुङ्गेल, प्रवेश पौडेल, अनुप ढुङ्गेल र पूजन कोइरालाले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना बनेका थिए ।

कार्यक्रमको निर्णायकमा प्रा. तोयराज कोइराला, डा. रमेश लिम्ब”, र डा.नित्यानन्द खतिवडा रहेका थिए ।

श्लोकान्ताक्षरी कार्यक्रममा किरण लुइँटेल, रामचन्द्र ढकाल र नेत्र रिजालको समूह प्रथम भएको थियो । त्यस्तै सुधाकर पोख्रेल, केशव काफ्ले र यदुनाथ भण्डारीको समूहले द्वितीय स्थान प्राप्त गरेको थियो भने प्रवेश पौडेल, सागर पौडेल र पुकार पोख्रेलको समूहले तृतीय स्थान प्राप्त गरेको थियो ।

विजेता विद्यार्थीहरूलाई वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिने भएको छ ।