पथरी / पथरीशनिश्चरे नगरका इन्जिनियर अरुण घिमिरे क्षेत्रीले सेवाग्राहीबाट काम गरेबापत घुस लिने गरेको रहस्य खुलेको छ । घर नक्सा पास सम्बन्धि काम गर्दा नगरका १६ जनाको घर बनाउँदा नगरमा राखेको धरौटी रकम काम सम्पन्न पछि फिर्ता माग्दा नमाने पछि यस्तो रहस्य खुलेको हो ।
मंगलबार कन्सल्टेन्सी संचालकहरुले पत्रकार सम्मेलनको आयोजना गरी सर्वसाधरणको काम गर्न नगरको कर्मचारीले घुस माग्ने गरेको रहस्य खुलाएका छन् । सम्मेलनमा १६ जना पीडितका नाम सार्वजानिक गर्दै उनीहरुको काम गर्न रकम दिएपछि मात्र काम गरिदिने पीडितहरु मध्येका काशिदत अधिकारीले बताए । नगरमा घरजग्गा नक्सा पासमा स्क्वार फुटको कुल रकमको ५० प्रतिशत धरौटी नगरको खातामा राख्नु पर्ने प्रावधान छ । घर निर्माण गरिसके पछि ५० प्रतिशत रकम राखेको भौचरसहित निवेदन लिएर फिर्ता रकम माग्दा इन्जिनियर घिमिरे क्षेत्रीले सहि गर्न आलटाल गर्दै आएका थिए । यस कुरालाई गत जेठमा हेमन्त विष्टले न्यायीक समितिमा छानविनको लागी मुद्दा दर्ता समेत गरे । तर अहिलेसम्म सुनुवाई नभएपछि पत्रकार सम्मेलन गनु परेको विष्ट बताउँछन् ।
यस बिषयमा प्रमुख प्रशासकिय अधिकृत सूर्यप्रकास गौतमले पनि नसुनेकोले केहि कमिसन अधिकृतलाई पनि पुग्ने उनीहरुले आरोप लगाए । इन्जिनियर घिमिरे क्षेत्रीले व्यक्तिगतरुपमा नगरपालिका भित्रै कन्चनेश्वर कन्सल्टेन्सी संचालन गरेका छन् । सो कल्सन्टेन्सीमा असिस्टेन सव इन्जिनियर सञ्जु श्रेष्ठ कर्मचारी राखेर संचालन गरेको र हप्तामा दुई पटक घर विदा दिएर कन्चनेश्वर कन्सल्टेन्सीको काम गर्ने गरेको कन्सल्टेन्सी संचालकहरुले बताए । इन्जिनियरको व्यक्तिगत कन्चनेश्वर कन्सल्टेन्सीमा सर्वसाधरणले काम गर्दा छिटो गरिदिने अरु कन्सल्टेन्सीबाट आएको काम रोकि दिएर दुःख दिने कन्सल्टेन्सी संचालक हेमन्त बिष्टले बताए । इन्जिनियर फिल्डमा गएर पनि घुस माग्ने र प्राविधिक फाँटमा नवसेर प्रशासन फाँटमा बस्ने गरेकोले सेवाग्राहीले खोज्न र बोलाउन दुःख पाएको विष्टले गुनासो गरे ।
नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राईलाई छानविन गरी पाऊ भन्ने विज्ञप्ति बुझाएका थिए । ग्रिनल्याण्ड इन्जिनियरिङ संचालक हेमन्त विष्ट, सिड प्लान इन्जिनियरिङ संचालक मानवहादुर दियाली, सिल्वर एण्ड क्याड इन्जिनियरिङ सन्तोष गुुरागाई, गेलबल ऐटुजेट संचालक भीमकुमार बस्नेतलगाएतले हस्ताक्षर गरेको विज्ञप्ती हस्तान्तरण गरेका थिए । अहिले नगरमा सुचिकृत भएर संचालनमा रहेको ६ वटा कन्सल्टेन्सीहरु रहेका छन् ।
इन्जिनियर अरुण घिमिरे क्षेत्रीले घुस खाएको आरोप मात्र लगाएको बताउँदै सबैको काम दायाबाया नगरी गरेको बताए । ‘कन्सल्टेन्सी संचालक आफै इन्जिनियर होइनन । ओभरसियरको पनि सटिफिकेट छैन उनीहरुसँग । अरु इन्जिनियरलाई सहि गराएर ल्याउँछन् अनि कसरी गर्नु ?’–घिमिरेले भने–‘म गैरकानुनीरुपमा गलत काम कहिले गर्दिन । आफुले नगरमा जागिर नखादा मेरो पनि थियो कन्सल्टेनसी तर अहिले छैन अहिले मेरो मामाको छोराले चलाउछ ।
त्यसैगरी यस बिषयमा प्रमुख प्रशासकिय अधिकृत सूर्यप्रकास गौतमलाई बुझ्दा साविक नक्सा पास गरेको ठाउँमा घर निर्माण सम्पन्न भएमा धरौटी रकम फिर्ता गरेका् बताए । दुई तला भनेको ठाउँमा एक तला मात्र बनाएर नक्सा सम्शोधन गरेको केशमा रकम फिर्ता नहुने उनले बताए ।