धरान । स्थानीय स्तरका धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसारसँगै साँस्कृतिक परम्परालाई जीवन्तता राख्न मोरङ, केराबारी गाउपालिकाको कालापानीमा मेलाको आयोजना गरिने भएको छ

विगतमा पौषे मैलाको रुपमा हुदै आएको मेलालाई परिस्कृत गर्दै बर्षेनी आयोजना गर्ने उद्देश्यले कालापनाी धार्मिक तथा साँस्कृतिक मेला–०७५ को आयोजना गर्न लागिएको आयोजकल बताएको छ ।

मोरङ्ग गाउपालिका वडा नं. ६ मा पर्ने कालापानी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा आगामी पुष १५ देखि २१ गतेसम्म मलाको आयोजना गर्न लागिएको मेला आयोजक समितिका संयोजक प्रकाश श्रेष्ठले बताए ।

सुनसरी, मोरङ र धनकुटाको संगम स्थलको रुपमा परिचित साविक याङशिला गाविस हाल केराबारी गाउपालिका वडा नंं ६ कालापानीमा मधेशका फाटलाई दृश्यावलोकन गर्न सकिने टाकुरे डाडा, दुम्सेढुंगा, जगरे डाडा, तोपथुम्का, याङशिलाका साथै बाह्रै महिना हुस्सेले ढाक्ने चिउरी भन्ज्याङ जस्ता आकर्षक स्थलका साथै आदिवासी जनजातिको वाहुल्यता रहको यस ठाउको ढोलनाच, हुर्रा नाच, साकेला नाच, सेलो नाच लगायतका सांस्कृतिक पहिचान झल्काउने परम्परागत नाचहरुका प्रचारप्रसार स्वरुप मेला आयोजना गर्न लागिएको मेला आयाजक समितिका संयोजक श्रेष्ठले बताए ।

विगतमा गाउका सबै मिलर एकदिने पोषे मेलाका आयाजना गर्ने र रमाउने परम्परा देशका संक्रमण अवस्था, द्वन्द्वकालीन समयका कारण असुरक्षाको महसुस गर्दै ०५१ सालदेखि बन्द भएको मेलालाई धार्मिक र साँस्कृतिक महत्व झल्काउन संस्थागत गर्दै लान महोत्सवको आयोजना गरिएको केराबारी गाउपालिका वडा नंं ६ कालापानीका वडाअध्यक्ष उपेन्द्र लुंगेली मगरल बताए ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुतिसँगै स्थानीय सांस्कृतिक नाचगान समेत प्रस्तुत गरिने आयाजकले जनाएका छ । मेला समपन्न गर्न १५ लाख रु्रपैया लाग्ने आयोजक कालापानी धार्मिक तथा साँस्कृतिक मेला व्यवस्थापन समितिले जनाएका छ ।