केर्खा । झापाको कमल गाँउपालिकास्थित केर्खामा बिहिबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ ।

पूर्व पश्चिम राजर्माग अन्र्तगत सानो केर्खाको शहिद गेटको छेउमा दुई मोटरसाईकल बिच भएको दुर्घटनामा तेह्रथुमका २६ वार्षिय पूर्णराज लिम्वुको मृत्यू भएको इलाका प्रहरी कार्यालय दमकले जानाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ९ प ९८७१ र विपरीत दिशाबाट आएको को १२ प ७५२२ नम्बरको मोटरसाइकल आपसमा ठोक्कीदा दुर्घटना भएको हो । दुर्घटनामा को १२ प ७५२२ नम्वरमा सवार सुनसरीको गढी गाउँपालिका-५ का  सनोज श्रेष्ठ र सोही मोटसाइकलमा सवार सुनसरी इटहरी उपमहानगरपाकिलाका २२ वर्षीय बिमल श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।