काठमाडौं / मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ नामक फिल्म आगामी चैत २२ देखि प्रदर्शन हुने भएको छ ।

बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रका दुई वटा पोष्टर सार्वजनिक गरियो । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायत अतिथिले पोष्टर सार्वजनिक गरे । जीवन काँडाकी फूल’ २०६७ सालको मदन पुरस्कार विजेता कृति हो । चर्चित साहित्यकार घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृष्णा र तिस्कारको कहानीलाई नै फिल्ममा उतारिएको छ ।

फिल्म घिमिरेको जन्मस्थान धनकुटाको कचिडे, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, र काठमाडौंमा छायाँकन गरिएको छ । बिनोद बिष्टको निर्देशनमा बनेको फिल्ममा चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवाको भूमिकामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेले अभियन गरेका छन् । त्यस्तै स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबीलगायतको अभिनय रहेको छ ।