श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर २८ गते शुक्रबार, १४ डिसेम्बर २०१८ । मार्गशिर्ष शुक्लपक्षको सप्तमी तिथि २४ः३३ बजेसम्म, उप्रान्त अष्ठमी, नक्षत्र शतभिषा २०ः९ बजेसम्म उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४९ र सूर्यास्त ५ः०९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । घरपरिवारमा धार्मिक कार्यको आयोजना हुनेछ । अतिथि सेवा सत्कारमा समय वित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरिर अस्वस्थ्य रहला । गरिराखेको कामबाट मन अघाउन सक्छ । आर्थिक संकटको समाना गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । धार्मिक यात्राको सुवर्ण अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन वित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रमाइलो वातावरणमा दिन वित्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यमखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । स्वास्थ्य उपचारमा ठूलै धनराशि खर्च होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । माङ्गलिक कार्यक्रममा संलग्न भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ । रमइलो वातावरणमा दिन वित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।