पाल्पा / सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर सुत्केरी बोकेर जाँदै गरेको जीप बिहिबार साझँ दुर्घटना भएको छ । घट्नामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जीप दुर्घटना हुँदा ३ दिनकी सुत्केरी २३ वर्षीया उनीसरा रुचाल, चालक २० वर्षीय विरेन्द्र राना , ४४ वर्षीया यानीसरा गाहा, ४१ वर्षीया बुमाकुमारी दर्लामी र ७१ वर्षीय रेवतबहादुर जिसीको मृत्यु भएको हो ।

चारजनाको घटनास्थलमै र सुत्केरी उनीसराको उपचारको लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको पूर्वखोला गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष निरबहादुर सारुले बताए ।

वडा अध्यक्ष सारुका अनुसार रातको समय र अप्ठ्यारो भिरमा दुर्घटना भएकाले घाइतेको उद्धार र मृतकको शव निकाल्न निकै कष्ट भएको थियो ।

दुर्घटनामा मृतक सुत्केरीका श्रीमान् २६ वर्षीय शान्तबहादुर रुचाल, ३ दिने शिशु , ४० वर्षीय सुरेन्द्र मश्राङ्गी र ३९ वर्षीय देबसिंह गाहा घाइते छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज तानेसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बिहीबार बेलुकी ८ बजे तिर दुर्घटनामा परेको जीपमा ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।